― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest news‘कमन जेनजी नेपाल’ले सातै प्रदेशमा तोक्यो इन्चार्ज र संयोजक

‘कमन जेनजी नेपाल’ले सातै प्रदेशमा तोक्यो इन्चार्ज र संयोजक


राष्ट्रिय

समाचार.

  • कमन जेनजी नेपाल समूहले सातै प्रदेशमा इन्चार्ज र संयोजकको जिम्मेवारी तोकेको छ।
  • राष्ट्रिय भेलाले उपत्यका विशेष प्रदेशदेखि सुदुरपश्चिम प्रदेशसम्मका पदाधिकारीहरू तोकेको छ।
  • राष्ट्रिय अध्यक्ष विकेश साहले राष्ट्रिय भेलाका निर्णयहरू सार्वजनिक गरेका छन्।

२३ कात्तिक, काठमाडौं । ‘कमन जेनजी नेपाल’ समूहले सातै प्रदेशमा इन्चार्ज र संयोजकको जिम्मेवारी तोकेको छ ।

यो समूहको राष्ट्रिय भेलाले यस्तो निर्णय लिएको हो । कमन जेनजीका राष्ट्रिय अध्यक्ष विकेश साहले विज्ञप्ति जारी निकालेर राष्ट्रिय भेलाका निर्णयहरू सार्वजनिक गरेका छन् ।

जसअनुसार उपत्यका विशेष प्रदेशको इन्चार्जमा साहिल साह र संयोजकमा समृद्धि रेग्मी, कोशी प्रदेशको इन्चार्जमा सुशिल पासवान र संयोजकमा नविन साह, मधेश प्रदेशको इन्चार्जमा रविन्द्र यादव र संयोजकमा प्रदिप साह, बागमती प्रदेशको इन्चार्जमा विकास झा र संयोजकमा प्रसुन्ना आचार्य रहेका छन् ।

यसैगरी, गण्डकी प्रदेशको इन्चार्जमा मुस्कान घले र संयोजकमा रितिका परियार, लुम्बिनी प्रदेशको इन्चार्जमा विकेश यादव र संयोजकमा पवन साह, कर्णाली प्रदेशको इन्चार्जमा प्रिन्स साह र संयोजकमा सोनिया पटेल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा दिपेन्द्र सिंह कुँवर र संयोजकमा राजन साहलाई जिम्मेवारी तोकिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More