― Advertisement ―

सस्तो नक-अफहरू बिर्सनुहोस्, मेरो मनपर्ने सुपर-स्टाइलिस ब्याकप्याकले संसारभरका घटनाहरूबाट बच्ने तरिका परिवर्तन गर्‍यो — र Amazon प्राइम डेको लागि 15% छुट छ।

एक सम्पादक र पत्रकारको हैसियतमा, म विदेशमा र घरको नजिक दुवै घटनाहरूमा निरन्तर यात्रा गरिरहेको छु, त्यसैले सही सबै बोक्ने वा ल्यापटप-ब्याकहरू छन्। महत्वपूर्ण।...
HomeLatest newsओली र पोखरेलले भोट हालेर सुरु गरे मतदान – KhabarHost

ओली र पोखरेलले भोट हालेर सुरु गरे मतदान – KhabarHost



२ पुस, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

अध्यक्षका प्रत्याशी केपी शर्मा ओली मतदानस्थल पुगेसँगै मतदान सुरु भएको हो । ओली र अर्का प्रत्याशी ईश्वर पोखरेलले मत हालेर सुरु गरेका हुन् ।

मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो ।

बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको छ । प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा बसेका थिए ।

विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट भइरहेको मतदानमा २२६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

नयाँ नेतृत्वमा केपी ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।

मतदान भइरहँदा प्रत्याशीहरुले प्रतिनिधिहरुसँग मत मागिरहेका छन् भने प्रतिनिधिहरुले पनि आफूले रुचाएका उम्मेदवारको प्रचारप्रसार गरिरहेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More