― Advertisement ―

HomeLatest newsओलीलाई भेट्न गुण्डु पुगे पोखरेल – KhabarHost

ओलीलाई भेट्न गुण्डु पुगे पोखरेल – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भक्तपुरको गुण्डुमा अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।
  • पोखरेलले महाधिवेशनमा ओलीसँग भिड्ने तयारीमा समूह बनाएर उम्मेदवारी घोषणा गरिसकेका छन्।
  • गुण्डुमा महाधिवेशन प्रतिनिधि छनोट विवादबारे छलफल भएको छ र विवाद सुल्झाउन आग्रह गरिएको छ।

१८ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भक्तपुरको गुण्डु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

११औं महाधिवेशन नजिकिरहेका बेला पोखरेलले अध्यक्ष ओलीलाई भेटेका हुन् ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेललाई सहमतिमा आउन ओली आग्रह गर्दै आएका छन् । तर, पोखरेलले भने समूह नै बनाएर महाधिवेशनमा ओलीसँग भिड्ने तयारीमा छन् ।

पोखरेलसँगै गुण्डु जानेमा उनको पक्षमा खुलेका नेताहरू छन् । उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, सचिव योगेश भट्टराई सहितका नेताले ओलीलाई भेटेका हुन् ।

बिहीबार गुण्डुमा महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विभिन्न जिल्लामा भएको विवादबारे कुराकानी भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

अध्यक्ष ओली पक्षधरको खेमाले प्रतिनिधि छनोटमा एकलौटी गरेको पोखरेल पक्षका नेताहरूले गुनासो गरेका छन् ।

‘प्रतिनिधि छनोट विवादको विषयमा कुराकानी गर्न गएका थियौं, विवाद सुल्झाएर अघि बढौं भन्ने आग्रह अध्यक्षसामु राखेका छौं,’ ती नेताले भने ।





Read More