― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsउपप्रमुख डंगोल – KhabarHost

उपप्रमुख डंगोल – KhabarHost



१८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यमरी पुन्हीलाई संस्कारका रूपमा मनाउनुपर्ने बताएकी छन् ।

२२औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले ज्यापु दिवसले मेहनत, माटो र पहिचान दर्शाउने उल्लेख गरिन् ।

डंगोलले यमरी पुन्ही एउटा पर्व मात्र नभई संस्कार भएको जिकिर गरिन् ।

उनले आजको दिनलाई विभिन्न जात्रा, पर्व, परम्परा मात्रै नभई अस्तित्वको रूपमा लिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘आजको ज्यापु दिवसले ज्यापुहरूको मेहनत, माटो र अझ हाम्रो पहिचान दर्शाइरहेको छ । त्यसकारण पनि आजको दिन महत्त्वपूर्ण छ । यो हामीले पर्व मात्र होइन, संस्कारको रूपमा लिनुपर्दछ ।’

उपप्रमुख डंगोलले नेपालीको नाम विश्वव्यापी रूपमा गर्व गर्न लायक बनाउनुपर्ने बताइन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More