― Advertisement ―

HomeLatest newsएनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै – KhabarHost

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै – KhabarHost


राष्ट्रिय

समाचार.

  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेटमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच आज त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे खेल हुँदैछ।
  • पोखराको कप्तान कुशल भुर्तेल र सुदूरपश्चिमको कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन्।
  • पोखराले पहिलो खेलमा पराजय भोगेको छ भने सुदूरपश्चिमले पहिलो खेल जितेको छ र दुबै टोलीले आफ्नो लक्ष्य लिएर मैदानमा उत्रनेछन्।

५ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट रंगशालामा हुने खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । पोखराको कप्तान कुशल भुर्तेल छन् भने सुदूरपश्चिमको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् ।

पोखरा पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको थियो भने सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई हराएको थियो ।

पहिलो हारपछि पोखरा कमब्याकको लक्ष्यमा हुनेछ भने सुदूरपश्चिम जितको लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

यसअघि गत संस्करणमा यी दुई टोलीबीच भएको एक खेलमा सुदूरपश्चिमले ५ रनको रोमाञ्चक जित निकालेको थियो ।

सुदूरपश्चिम रोयल्सको टिम : दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, नरेन साउद, हेमन्त धामी, दीपक बोहरा, मिलन बोहरा, दीपेन्द्र थापा, टेक रावत, हिक्मत महरा, क्रिस लिन, जोश ब्राउन, स्कट कुग्लेइन, हर्मीत सिंह

पोखरा एभेन्जर्सको टिम : कुशल भुर्तेल, दिनेश खरेल, सागर ढकाल, आकाश चन्द, तृत राज दास, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन कुमाल, सन्दिप क्षेत्री, कृष्ण पौडेल, अभिषेक तिवारी, एडम रोसिङटन, रेमन रेइफर, डान डौथवेइट, जिम्मी नीशम, जेसन रोय





Read More