― Advertisement ―

नि:शुल्क अडियोबुकहरू, किराना सामानहरू, उपहार कार्डहरू, र थप – प्राइम सदस्यहरूले यस हप्ता नि:शुल्क लाभहरूमा $ 555 स्कोर गर्न सक्छन्

हामी अर्को Amazon प्राइम डे अहिले, र तपाईंसँग मेरो वार्षिक रिपिंग पसलको सूची पहिले नै तयार छ। तथापि, तपाईंले एक प्रतिशत खर्च गर्नु अघि,...
HomeLatest newsएक्स्ट्राटेक ओभलमा प्रशिक्षण गर्दै नेपाली क्रिकेट टोली (तस्वीरहरू)

एक्स्ट्राटेक ओभलमा प्रशिक्षण गर्दै नेपाली क्रिकेट टोली (तस्वीरहरू)


राष्ट्रिय

समाचार.

  • नेपाली पुरुष क्रिकेट टोलीले फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप खेल्नेछ।
  • नेपालको १५ सदस्यीय टोली घोषणा भइसकेको छ र अहिले भैरहवामा प्रशिक्षण भइरहेको छ।
  • नेपालले समूह ‘सी’ मा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्नेछ र सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा हुनेछ।

२५ पुस, काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीले आगामी महिना तेस्रोपटक आईसीसी टी-२० विश्वकप खेल्दै छ ।  फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपका लागि नेपालको १५ सदस्यीय टोली घोषणा पनि भइसकेको छ ।

विश्वकपका लागि यतिबेला नेपाली टोली तयारीमा व्यस्त छ । अघिल्लो सातासम्म काठमाडौंमा प्रशिक्षण गरेको नेपाली टोली अहिले भने भैरहवामा छ । भैरहवास्थित एक्सट्राटेक ओभल क्रिकेट मैदानमा नेपाली टोलीले प्रशिक्षण गरिरहेको छ ।

अर्को सातादेखि काठमाडौंमा आईसीसी महिला टी२० विश्वकप ग्लोबल क्वालिफायर आयोजना हुने भएको ले नेपाल क्रिकेट संघ क्यानले पुरुष टोलीको प्रशिक्षक एक्स्ट्राटेक ओभलमा गराएको हो ।

विश्वकपको समूह ‘सी’ मा रहेको नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्नेछ । नेपालको सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा हुनेछ ।

नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै टी-२० विश्वकपको सुरुवात गर्नेछ । नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी-२० विश्वकप खेल्न लागेको हो ।

टी-२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंका आयोजना हुँदैछ ।

तस्वीरहरू : क्यान

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More