― Advertisement ―

एआई-उत्पन्न गीतहरूमा संगीतकार निक गुफाद्वारा दिनको उद्धरण: ‘मानिस हुनु भनेको के हो भन्ने एक विचित्र उपहास’ – रचनात्मक प्रक्रियामा एआईको प्रयोगलाई खारेज गर्दै।

अष्ट्रेलियाली गायक-गीतकार निक केभले फ्रन्टम्यान, संगीतकार र गायकको रूपमा लामो र सफल क्यारियरको आनन्द उठाएका छन्। उसको प्रभाव धेरै टाढा छ, र उनले दशकौंदेखि...
HomeLatest newsअस्मिता र महेशले टुंग्याए अमेरिका टूर, १५ सहरमा दिए प्रस्तुति

अस्मिता र महेशले टुंग्याए अमेरिका टूर, १५ सहरमा दिए प्रस्तुति


राष्ट्रिय

समाचार.

  • महेश काफ्ले र अस्मिता अधिकारीको ‘सोलफुल युएसए म्यूजिकल यात्रा’ १५ अमेरिकी सहरमा सम्पन्न भएको छ।
  • यो सांगीतिक टूर दुई महिना भन्दा बढी समय भर्जिनिया, टेक्सास, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको थियो।
  • भर्जिनियाको एसबर्नमा दसैँ तिहार फेस्टिभल र टेक्सासको ड्यालसमा मःम फेस्टिभलमा १५ हजार भन्दा बढी दर्शक सहभागी भएका थिए।

काठमाडौं । चर्चित साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीको ‘सोलफुल युएसए म्यूजिकल यात्रा’ सम्पन्न भएको छ ।

यो जोडीले १५ अमेरिकी सहरमा प्रस्तुति दिए ।

‘थ्रीई इन्टरटेन्मेन्ट’ले गायन जोडीलाई फिचर्ड गर्दै आयोजना गरेको उक्त सांगीतिक टूर २ महिना भन्दा बढी समय त्यहाँको भर्जिनिया, टेक्सास, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको थियो ।

भर्जिनियाको एसबर्नमा आयोजित दसैँ तिहार फेस्टिभल र टेक्सासको ड्यालसमा आयोजित मःम फेस्टिभलमा गरिएका प्रस्तुतिलाई हेर्न १५ हजार भन्दा धेरै संख्यामा दर्शकको उपस्थिती रहेको आयोजक संस्थाका सुरेश सापकोटाले जनाए ।

टूर सफलतापूर्वक सम्पन्न भएको र दर्शकले महेश र अस्मिताको जोडीलाई निकै रुचाएको आयोजकले बताए ।

परदेशमा रहेका नेपालीसँग तीज, दशैंतिहारजस्ता महत्वपूर्ण चाड मनाउँदै प्रस्तुति दिन रमाइलो भएको अस्मिता र महेशले बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More