― Advertisement ―

HomeLatest newsअमेरिकी दूतावासको ‘क्रिएटर्स मेला २०२६’ नेपालगन्जमा सम्पन्न

अमेरिकी दूतावासको ‘क्रिएटर्स मेला २०२६’ नेपालगन्जमा सम्पन्न


राष्ट्रिय

समाचार.

  • अमेरिकी दूतावासद्वारा आयोजित ‘क्रिएटर्स मेला २०२६’ को नेपालगन्ज संस्करण सम्पन्न भएको छ।
  • दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले मेलाले नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ पार्ने अमेरिकी प्रतिबद्धता दर्शाएको बताए।
  • मेलामा ५० भन्दा बढी क्रिएटर्स, औद्योगिक विशेषज्ञ र कलाकारको सहभागिता थियो र आगामी माघ १६ र १७ गते काठमाडौँमा कार्यक्रम हुने छ।

काठमाडौं । ‘भिजन टु भेन्चर’ को उद्देश्यसहित अमेरिकी दूतावासद्वारा आयोजित ‘क्रिएटर्स मेला २०२६’ को नेपालगन्ज संस्करण सम्पन्न भएको छ ।

दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले नेपालगन्जको कार्यक्रमलाई सम्बोधन गर्दै मेलाले नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ पार्ने अमेरिकी प्रतिबद्धतालाई दर्शाएको बताए ।

उनले भने, ‘‘नेपालभर ज्ञान, सीप र सञ्जाललाई बढावा दिँदै हामीले उद्यमशीलता र रोजगारी सिर्जनालाई टेवा पुर्‍याउँदै छौँ । हामी नेपाली क्रिएटर्सलाई स्थानीय प्रभावका लागि मात्र नभई अमेरिकी व्यावसायिक साझेदार तथा विश्वव्यापी बजारको सफलताका लागि तयार पार्दै छौँ, जसले गहन आर्थिक सम्बन्ध र साझा समृद्धिलाई प्रोत्साहित गर्नेछ ।’

मेलामा ५० भन्दा बढी क्रिएटर्स, औद्योगिक विशेषज्ञ र कलाकारको सहभागिता थियो । एकहजार भन्दा बढी नवयुवा क्रिएटर्स सहभागी नेपालगन्जमा गायक सज्जनराज वैद्य र कलाकार प्रियङ्का कार्की, आयुष्मान जोशीसँगै टुबी गेमर, लेक्स लिम्बु, कविता नेपाली र नेपाल एट्थ वन्डर लगायत अन्य थुप्रै प्रभावशाली कलाकार सहभागी थिए ।

अन्तरक्रियात्मक कार्यशाला र प्यानल छलफलमार्फत ती कन्टेन्ट क्रिएटर्सले आफ्नो डिजिटल उपस्थितिलाई देशव्यापी प्रभावमा परिणत गरेका रणनीतिबारे कुराकानी गरेका थिए ।

कार्यक्रमको मुख्य आकर्षण ‘पिच टु सक्सेस’ अन्तर्गत सहभागी भएर ती उदीयमान क्रिएटर्सले आनन्द बगरिया (निम्बस), क्याबिनेट श्रेष्ठ (अग्नि समूह) र विशाखा खड्का कुँवर (एनसेल) लगायतका नेपालका शीर्ष कर्पोरेट नेतृत्वकर्ताको प्यानलसमक्ष आफ्ना व्यावसायिक उद्यम र योजनाका प्रस्ताव राखेका थिए ।

यस वर्षको संस्करणले यो महत्वपूर्ण मञ्चमार्फत डिजिटल सामग्रीको सृजनामाथि केन्द्रित रहेर दिगो पेसागत व्यवसाय लक्षित यात्रातर्फ छलफल अघि बढाएको छ ।

यस वर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ ले डिजिटल कथावाचन र व्यावसायिक उद्यमबीचको खाडल पुर्ने कार्य गरिरहेको दूतावासले जनाएको छ ।

प्रविधि, डिजिटल प्लेटफर्मबाट हुने आयआर्जन र डिजिटल व्यवसाय विकासमा रहेको अमेरिकी विज्ञतालाई समाहित गर्दै यस मेलाले डिजिटल सामग्रीका सर्जकलाई आफ्नो प्रभावलाई दीर्घकालीन पेसाकर्मका रूपमा विकसित गर्न मार्गचित्र प्रदान गर्ने उल्लेख छ ।

सन् २०२३ मा सुरु भएदेखि नै क्रिएटर्स मेला नेपालको डिजिटल परिदृश्यको मुख्य केन्द्रका रूपमा छ । हाल मेलाको चौथो संस्करण सन् २०२६ को ‘भिजन टु भेन्चर’ पहलले क्रिएटर अर्थतन्त्रको व्यावसायिकीकरण गर्न र नेपालभर आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने दूतावासको भनाइ छ ।

विभिन्न सहरमा भइरहेको यो कार्यक्रमको आयोजना चितवन र नेपालगन्जपछि अब माघ १६ र १७ गते काठमाडौँमा हुनेछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More