― Advertisement ―

वैज्ञानिकहरूले एउटा ‘चुम्बकीय इलास्टिक’ तम्बू विकास गर्दैछन् जसले पवन टर्बाइन जस्तै आफ्नै बिजुली बनाउँछ – तर अर्को वर्ष ग्लास्टनबरीमा लैजान सक्षम हुने आशा नगर्नुहोस्।

आफ्नै बिजुली उत्पादन गर्न सक्ने विकासकर्ताहरूले यो म्याग्नेटोइलास्टिक पदार्थबाट बनेको हो यो अझै प्रारम्भिक चरणमा छ, तर वैज्ञानिकहरूले यसलाई अफ-ग्रिड शिविर र प्रकोप क्षेत्रमा...
HomeLatest newsअनेरास्ववियु महासचिव – KhabarHost

अनेरास्ववियु महासचिव – KhabarHost


राष्ट्रिय

समाचार.

  • अनेरास्ववियुको अध्यक्ष सुजन कडरियाले गैह्रजिम्मेवार, अराजक र अनुशासनहीन काम गरेको आरोप लगाएका छन्।
  • महासचिव दीपक धामीले कडरियाले संगठनको गरिमालाई धुलिसात पारेको र केन्द्रीय कार्यालयमा अनाधिकृत प्रवेश गरी तोडफोड गरेको आरोप लगाएका छन्।
  • अनेरास्ववियुले अनाधिकृत गतिविधि तुरून्तै बन्द गर्न चेतावनी दिएको छ।

२५ कात्तिक, काठमाडौं। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले अध्यक्षबाट राजीनामा दिएका सुजन कडरियाले गैह्रजिम्मेवार, अराजक र अनुशासनहीन काम गरेको आरोप लगाएको छ। संगठनमा महासचिव दीपक धामीले विज्ञप्ति निकालेर कडरियाले संगठनको गरिमालाई धुलिसात पारेको आरोप लगाएका छन् ।

‘केही दिनदेखि अनेरास्ववियुको आधिकारिक फेसबुक पेज तथा संगठनको लेटरप्याड समेत दुरुपयोग हुँदै आएका घटनाप्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ ।

‘जेन जी’ आन्दोलन पश्चात देशमा घटित परिस्थितिको हवाला दिई दृढतापूर्वक नेतृत्व गर्नुपर्ने बेला संगठनलाई ध्वस्त पार्ने नियतका साथ कायरतापूर्वक राजिनामा दिएर अध्यक्ष पद परित्याग गरेका निवर्तमान अध्यक्ष सुजन कडरियाले गरेको गैह्रजिम्मेवार, अराजक र अनुशासनहीन हर्कतप्रति अनेरास्ववियु घोर भत्सर्ना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

अनाधिकृत रुपमा संगठनको केन्द्रीय कार्यालयमा प्रवेश गरि तोडफोड गरेको समेत आरोप उनले लगाएका छन् ।

‘संगठनको गरिमालाई धुलिसात गर्ने, आफ्नो निहित स्वार्थको लागि सङगठनको गरिमा माथि बुट बजार्ने, अनाधिकृत रुपमा सङठनको केन्द्रीय कार्यालयमा प्रवेश गरि तोडफोड गर्ने जस्ता अराजक र अराजनितिक गतिविधिहरु तुरून्तै बन्द गर्न अनेरास्ववियु चेतावनी दिन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस् विज्ञप्ति :





Read More