― Advertisement ―

Google द्वारा Pixel VPN ले उपयोगिता बढाउन द्रुत सेटिङहरू अपग्रेड गर्छ

Pixel VPN को गुगलको क्वोस्ट अपडेट गर्नका लागि उपयोगिताप्रयोगकर्ताहरूले अब जडान स्थिति जाँच गर्न VPN इन्टरफेस खोल्न आवश्यक पर्दैनअद्यावधिकले Google को नि:शुल्क VPN लाई...
HomeLatest newsअछाम-१ ले फर्काउला भीम रावल ? – KhabarHost

अछाम-१ ले फर्काउला भीम रावल ? – KhabarHost



८ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०७९ का लागि नेकपा एमालेको अछाम जिल्ला कमिटीले नेता भीम रावलको नाम सर्वसम्मत सिफारिस गरेको थियो ।

तर, केन्द्रीय कमिटीले उनले चुनाव लड्न चाहेको अछाम निर्वाचन क्षेत्र नम्बर १ मा झपटबहादुर बोहरालाई उम्मेदवार बनायो । पार्टी विभाजन हुँदा १० बुँदे सहमति गरेर एमालेमै बसेका रावल हिस्स परे ।

रावललाई टिकट नदिएर एमाले अध्यक्ष ओलीले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बदला लिए । चितवनमा सम्पन्न महाधिवेशनमा ओलीको चाहनाविपरीत रावलले अध्यक्ष पदमा चुनौती दिएका थिए ।

पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि रावललाई टिकट नदिएपछि अछाममा तत्कालीन विपक्षी गठबन्धनलाई चुनाव सहज बन्यो । नेता रावल गत निर्वाचनमा निष्क्रिय जस्तै बसे ।

कार्यकर्तामाझ राम्रो पकड बनाएका रावललाई पार्टीले टिकटबाट वञ्चित गरेको परिणाम स्वरूप एमाले अछामका दुवै निर्वाचन क्षेत्र गुमाउन पुग्यो । प्रतिनिधिसभा अन्तर्गत १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा एमाले मात्र दुई सिटमा सिमित रह्यो ।

प्रतिनिधिसभा निर्वाचन–२०७४ पछि विस्तारै अध्यक्ष ओली र नेता रावलबीचको मनमुटावको ‘पारो’ दिनानुदिन माथि उक्लिदै गयो । अन्ततः ओलीले १० पुस २०८१ मा सचिवालय बैठकबाट पूर्वउपाध्यक्ष रावललाई पार्टीको संगठित सदस्यबाट हटाए ।

उनीमाथि निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिएको आरोप लगाइयो । बैठकपछि तत्कालीन उपमहासचिव प्रदीप ज्ञवालीले रावलमाथिको कारबाहीबारे भनेका थिए, ‘.. अभिव्यक्तिहरू चाहिँ पार्टी बलियो बनाउनेभन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको छ ।’

पार्टीले कारबाही गरेको एक दिनपछि रावलले आफूलाई निष्कासन गर्ने निर्णयको विरोधमा उत्रन कार्यकर्ताहरूलाई अपिल गरे । सामाजिक सञ्जाल एक्समार्फत् उनले आफूलाई निष्कासन गर्ने सचिवालय बैठकको निर्णयको विरोधमा समर्थन खोजे ।

रावलले पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णयलाई अध्यक्ष ओलीको सत्ताउन्माद, निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णयको संज्ञा दिए । पार्टीबाट निष्कासित भएको एक सातापछि (१७ पुस) काठमाडौंको कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गरेर नयाँ पार्टी खोल्ने उद्घोष गरे ।

पार्टी खोल्ने उद्घोषपछि उनी अलग्गै पार्टी निर्माणको प्रक्रियामा लागे । गत माघ पहिलो साता सामाजिक सञ्जालामार्फत रावलले पार्टीको अवधारणा र संरचना सार्वजनिक गरे । सार्वजनिक अवधारणापत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहने भनिएको थियो ।

तर, नेता रावलको पार्टी निर्माण प्रक्रियाले पूर्णता पाएन । उनी गत कात्तिक अन्तिम साता वामपन्थी दलहरू (माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत) मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भए ।

पछिल्लो समय पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयोजकत्वको नेकपामा सक्रिय बनेका रावल अहिले आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ गृहजिल्ला अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् ।

यहाँ यसपटक एमालेले दिपक साउदलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।

नेपाली कांग्रेसका तर्फबाट पूर्वजिल्ला सभापति भरतकुमार स्वाँर उम्मेदवार छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ओमप्रकाश रावलको मनोनयन गराएको छ ।

गत निर्वाचनमा अछाम–१ बाट तत्कालीन नेकपा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर १९ हजार ५३४ मतसहित निर्वाचित भएका थिए ।

एमाले अध्यक्ष ओलीले रावलको टिकट खोसेर उम्मेदवार बनाएका बोहरा झन्डै साढे चार हजार मतले पछि परेका थिए । दोस्रो भएका उनले १५ हजार ४५ मत पाएका थिए ।

कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका राजन कुँवर चार हजार ३९२ मतका साथ तेस्रो भएका थिए । अन्य तीन उम्मेदवारहरूले चार अंकको योगफलसमेत जोड्न सकेका थिएनन् ।

गत निर्वाचनमा अछाम–१ बाट विजयी कुँवरको दल एकीकृत समाजवादीले कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको थियो । तीन दल मिल्दा र रावल समर्थक कार्यकर्ता असन्तुष्ट हुँदा पनि एमाले उम्मेदवार बोहरा दोस्रो हुन पुगेका थिए ।

प्रतिनिधिसभा निर्वाचन–२०७४ मा रावलले अछाम–१ बाटै जीत निकालेका थिए । उनले कांग्रेस उम्मेदवार भरतकुमार स्वाँरलाई सात हजारबढी मतले पराजित गरेका थिए । रावलले २४ हजार ८९३ मत ल्याउँदा स्वाँरले १७ हजार ६८९ मत ल्याएका थिए ।

अछामका साँफेबगर नगरपालिकासँगै रामारोशन, बान्नीगढी–जयगढ, चौरपाटी र मल्लेख गाउँपालिकाको भूगोल मिलाएर क्षेत्र नम्बर १ निर्धारण गरिएको छ । स्थानीय तह निर्वाचन–२०७९ मा यी पाँच पालिकामध्ये चारमा नेपाली कांग्रेस र एकमा तत्कालीन माओवादी केन्द्र विजयी भएका थिए ।

कांग्रेसले साँफेबगर, रामारोशन, बान्नीगढी–जयगढ र चौरपाटी तथा माओवादी केन्द्रले मेल्लेख गाउँपालिका अध्यक्षमा जीत निकालेको थियो । स्थानीय तह निर्वाचनमा पनि कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल थियो ।

गत स्थानीय तह निर्वाचनको मत परिणामको आधारमा अछाम–२ मा कांग्रेस र एमालेको मत झण्डै समान देखिन्छ । उक्त निर्वाचनमा पालिका प्रमुखका उम्मेदवारले पाएको मतअनुसार यहाँ एमालेभन्दा कांग्रेस मात्र ३४८ मतले अगाडि छ ।

स्थानीय तह निर्वाचनमा एमालेले पाँचवटै पालिकामा उठाएका प्रमुख/अध्यक्ष पदका उम्मेदवारले पाएको मतको योगफल १७ हजार १३८ देखिन्छ । यस्तै कांग्रेसले पाएको मतको योगफल १७ हजार ४८६ छ । कांग्रेसले मेल्लेखबाहेक चार पालिकामा मात्रै उम्मेदावर उठाएको थियो ।

चुनावी तालमेलका कारण मेल्लेखमा कांग्रेसले माओवादी केन्द्रलाई सघाएको थियो । यहाँ माओवादीले पाँच हजार १४४ मत ल्याएको थियो । त्यस्तै चौरपाटी गाउँपालिकामा एकीकृत समाजवादीले आफ्नो उम्मेदवार उठाएको थियो । यहाँ एकीकृत समाजवादी एक हजार ४७४ मतसहित तेस्रो भएको थियो ।

स्थानीय तह निर्वाचनमा उठाएका उम्मेदवार र प्राप्त गरेको मतका आधारमा अछाम–१ मा नेकपा (माओवादी र एकीकृत समाजवादी) को मत छ हजार ६१८ देखिन्छ । तर, अन्य पालिकामा कांग्रेससँग दुवै दलले चुनावी तालमेल गरेका कारण यही मत संख्यालाई नै अन्तिम मत भने मान्न सकिन्न ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More