― Advertisement ―

उल्लङ्घनले शहर वकील प्रणालीमा भण्डारण गरिएका संवेदनशील LAPD फाइलहरू उजागर गर्दछ

ह्याकर्स सिटी एटर्नी प्रणालीहरू337,000 LAPD फाइलहरू चोरी, कर्मचारी र आन्तरिक मामिला डेटा सहितसमूह "विश्व चुहावट" प्रकाशित संग्रह, पछि हटाइयोसाइबर अपराधीहरूले सिटीको कार्यालयमा टुटेको एन्जेललेस्टोरले...
Homeराष्ट्रिय समाचारअछामको साँफेबगरमा भीषण आगलागी, डेढ घण्टापछि नियन्त्रणमा

अछामको साँफेबगरमा भीषण आगलागी, डेढ घण्टापछि नियन्त्रणमा


तस्वीर सौजन्य : गिता कुँवर (स्थानीय पत्रकार)



१५ कात्तिक, काठमाडौं । अछामको साँफेबगरमा भीषण आगलागी भएको छ । साँझ करिब पौने ९ बजेबाट सुरु भएको आगो केहीबेर अघिमात्रै नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले आगो नियन्त्रणमा आएको जानकारी दिए ।

उनका अनुसार आगलागीबाट ७ वटा टहरा जलेको नष्ट भएका छन् ।

नजिकै रहेको खोलाबाट कुलो बनाएर पानी ल्याइएको र स्थानीयसमेतको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

साँफे हाटबजारमा यसअघि पनि भीषण आगलागी भएर १० वटा पसल जलेका थिए ।





Read More