― Advertisement ―

TerraMaster F4-425 NAS 120TB भण्डारण ठाउँको मूल्य कटौती हुन्छ

तपाईंको आफ्नै केन्द्रीकृत भण्डारण निर्माण गर्नुको अर्थ NAS मा नै भाग्य खर्च गर्नु हुँदैन। हामीले टेरामास्टर NAS यन्त्रहरूको दायरा परीक्षण गरेका छौं जसले हामीलाई...
HomeLatest newsसत्यज्योतले जिते हिमालयन स्विङ ओपन गल्फ – KhabarHost

सत्यज्योतले जिते हिमालयन स्विङ ओपन गल्फ – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • हिमालयन स्विङ ओपन २०२५ मा सत्यज्योत एस.जे.बी. राणाले ४४ स्टेबलफोर्ड अंकसहित उपाधि जितेका छन्।
  • अवानी राईले महिला समूहमा ३२ अंकसहित उपाधि जितिन्।

१५ कात्तिक, काठमाडौं । गोकर्ण फरेस्ट रिसोर्ट गोल्फ क्लबमा सम्पन्न हिमालयन स्विङ ओपन २०२५ गोल्फ प्रतियोगितामा सत्यज्योत एस.जे.बी. राणाले उपाधि जितेका छन्।

रोटरी क्लब अफ हिमालयन गल्फर्सले आयोजना गरेको यो च्यारिटी प्रतियोगिता ‘गल्फ फर अल’ अभियानअन्तर्गत नेपालमा उदाउँदै गरेका महिला गल्फ खेलाडीलाई समर्थन गर्न आयोजना गरिएको थियो।

सत्यज्योतले ४४ स्टेबलफोर्ड अंकसहित विजेता बने। रोबिन राणा ३६ अंकसहित उपविजेता बने भने फुन्त्सोक एन. लामाले ३५ ग्रस अंकसहित बेस्ट ग्रस अवार्ड र ६ बर्डी सहित मोस्ट बर्डीज अवार्ड जिते।

वरिष्ठ (६० वर्षमाथि) समूहमा मङ्गोलियाका मानार्थ कन्सुल टी.जी. श्रेष्ठले ३१ अंकसहित जिते भने लि. कर्नल अनिरुद्ध सिंह २९ अंकसहित दोस्रो बने।

महिला समूहमा गल्फ फर अल छात्रवृत्तिको पहिलो प्राप्तकर्ता र अन्तर्राष्ट्रिय प्रशिक्षणका लागि छनोट भएकी पहिलो नेपाली महिला गल्फर अवानी राईले ३२ अंकसहित उपाधि जितिन्। सम्झना खत्री ३१ अंकसहित दोस्रो भइन्।

रोटेरियन गोल्फरमध्ये रविन्द्र तिवारी विजेता बने। बिपना श्रेष्ठले क्लोजेस्ट टु द पिन र सोम गुरुङले लोंगेस्ट ड्राइभ पुरस्कार जिते।

१८ होलको स्टेबलफोर्ड (¾ ह्यान्डिक्याप) ढाँचामा खेलाइएको यो प्रतियोगितामा आठ महिला सहित १०३ खेलाडी सहभागी थिए।

कार्यक्रमको विशेष आकर्षण अवानी राईको बेंगलोरस्थित तरुण सर देसाई गोल्फ एकेडेम मा भर्ना गर्न सम्झौतापत्र हस्ताक्षर हुनु थियो, जसले उनलाई अन्तर्राष्ट्रिय प्रशिक्षण पाउने पहिलो नेपाली महिला गल्फर बनाएको छ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More