― Advertisement ―

मार्वलको वोल्भरिनमा एक्स-मेन अवस्थित छैन किनभने म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्, इन्सोम्नियाक भन्छन् – ‘हामी मानिसहरूलाई सम्झाउन चाहन्छौं कि म्युटेन्टको लागि अस्तित्व सुरक्षित छैन।...

Insomniac मा खेलहरू अवस्थित छन् भन्छन्। Marvel's Wolverine किनकि म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्कथा निर्देशक वाल्ट विलियम्स भन्छन् कि म्युटेन्टहरू बाहिरका हुन्, र लोगानको...
HomeLatest news५ घण्टामा खस्यो ५३६ मत – KhabarHost

५ घण्टामा खस्यो ५३६ मत – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा ५३६ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ।
  • भृकुटीमण्डपमा बिहान ९:२० बजेदेखि विद्युतीय मेसिनमार्फत मतदान सुरु भएको छ।
  • नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधिले मतदान गर्दैछन् र ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन्।

२ पुस काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनमा ५३६ मत खसेको छ । बिहान ९:२० बजेदेखि मतदान सुरु भएको हो । मतदान सुरु भएको ५ घण्टामा ५३६ मत खसेको एमालेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा मतदान जारी छ । विद्युतीय मेसिनमार्फत मतदान भइरहेको हो । एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

नेतृत्व चयनका लागि दुई हजार २६३ प्रतिनिधिले मतदान गर्दैछन् । बिहान अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलसहितले भोट हालेर मतदानको सुरुवात गरेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More