― Advertisement ―

Samsung 990 EVO Plus SSD सम्झौतामा नि: शुल्क $ 70 Norton 360 समावेश छ

यो मेरो विश्वास हो कि तपाईसँग कहिल्यै धेरै भण्डारण हुन सक्दैन, र Newegg ले 1TB Samsung 990 EVO Plus SSD $१६५ मा। यसमा सीमित-समयको...
HomeLatest news३ घरबाट ३ काम – KhabarHost

३ घरबाट ३ काम – KhabarHost


राष्ट्रिय

समाचार.

  • काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ४ मा राजीनामा दिएर झापा-५ बाट आगामी फागुन २१ को निर्वाचनमा प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने तयारी गरेका छन्।
  • बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरी माघ ५ गते जनकपुरमा हुने चुनावी घोषणा सभामा सहभागी हुने र मधेशबाट चुनावी अभियान सुरु गर्ने योजना बनाएका छन्।
  • उनको चुनावी रणनीतिमा झापामा ३-४ वटा घर भाडामा लिएर सामाजिक सञ्जाल, राजनीतिक व्यवस्थापन र फिल्ड टिम सञ्चालन गर्ने र मतदातालाई वर्गीकरण गरी प्रचार गर्ने योजना समावेश छ।

१ माघ, काठमाडौं । जेनजी आन्दोलनपछि आम युवाले खोजेका पात्र हुन्, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह । केपी शर्मा ओली प्रधानमन्त्री रहँदा भएको जेनजी विद्रोहले बालेन खोज्यो । उनलाई अन्तरिम सरकारको प्रधानमन्त्री बन्न दबाबसमेत दियो ।

तर, त्यसबेला प्रधानमन्त्री हुन नचाहेका बालेन आगामी २१ फागुनको निर्वाचनपछि भने प्रधानमन्त्री बन्न चाहन्छन् । सोही सर्तमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आफ्नो समूहको एकता गरेका उनले झापा-५ लाई आफ्नो चुनावी क्षेत्र बनाउने तयारी गरेका छन् । जुन एमाले अध्यक्ष ओली निर्वाचित हुँदै आएको क्षेत्र हो ।

बालेन  माघ ४ मा काठमाडौं महानगरबाट राजीनामा दिएर ६ गते झापाबाट उम्मेदवारी दर्ता गराउने योजनामा छन् ।

त्यसअघि रास्वपाले माघ ५ गते जनकपुरमा गर्ने चुनावी घोषणा सभामा बालेन सहभागी हुने छन्, जसको अघिल्लो दिन (माघ ४) उनी पहिलो पटक औपचारिक रूपमा रास्वपा कार्यालय प्रवेश गर्नेछन् ।

हालसम्म महानगरपालिकाको कार्यालय बाहेक ज्वागलस्थित देश विकास पार्टीको लागि भनेर लिइएको कार्यालयबाटै सक्रिय रहेको बालेननिकट स्रोतले बताएको छ ।

‘यतिबेला कांग्रेस विभाजन भएको छ । यही कारण चुनाव सर्‍यो भने मेयरसाबले माघ ४ गते नै राजीनामा नदिन सक्नुहुन्छ । तोकिएकै समयमा हुने सर्तमा उहाँको राजीनामा ४ गते आउँछ । त्यसपछि ५ गते मधेश झर्ने र ६ गते झापा गएर उम्मेदवारी दर्ता गर्ने अहिलेसम्मको योजना छ,’ स्रोतले भन्यो ।

तर, बालेनले एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरे जोखिम हुने आकलन पनि धेरैको छ । सोही अनुसारको सल्लाह उनी निकट व्यक्तिहरूले पनि नदिएका होइनन् । तर बालेनले भने प्रधानमन्त्री हुन आफूले पनि प्रधानमन्त्री हराउँदा बलियो हुने तर्क गरेका थिए ।

‘हामीले उहाँलाई पुनर्विचार गर्न नसुझाएका होइनौँ । जोखिम मोल्नुभन्दा अहिलेको अवस्थामा काठमाडौंबाटै लड्न भन्यौँ । तर ‘प्रधानमन्त्री हुन त पूर्वप्रधानमन्त्री नै पो हराउनुपर्‍यो, नत्र प्रधानमन्त्री हुन कहाँ मज्जा आउँछ छ र ?’ भन्नुभयो । त्यसैले अब झापाकै तयारी छ,’ बालेन निकट एक नेताले भने ।

रास्वपा पार्टी उपसभापति स्वर्णिम वाग्लेका अनुसार पनि माघ ५ गतेबाट बालेन चुनावी अभियानमा होमिने छन् । र, त्यसको सुरुवाता मधेश (जनकपुर) बाट हुनेछ ।

‘आर्थिक सुधारको श्रृंखला, वृद्धि, रोजगारी, राजस्व र खर्च, आधुनिक पूर्वाधार, महानगरको ‘डेलिभरी मोडल’ लगायत विषयमा रास्वपा नेता एवं प्रस्तावित प्रधानमन्त्री बालेनसँग चरणबद्ध छलफल जारी छ,’ वाग्लेले लेखेका छन्, ‘माघ ५ गते सभापति रवि लामिछानेसहित हामी जनकपुर आउँदैछौं । देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट, निकास फागुन २१ को निर्वाचनबाट ।’

मधेशबाट चुनावी अभियान सुरु गरेर झापा जान लागेका बालेनलाई रास्वपाले ‘मधेशपुत्र’को रूपमा ब्रान्डिङ गर्ने योजना पनि बनाएको रास्वपाका एक नेताले बताए । उनका अनुसार यसले मधेशको मत पनि रास्वपामा तान्न सकिने पार्टीको विश्लेषण छ ।

यस्तो छ बालेन रणनीति

बालेनले आगामी निर्वाचनका लागि झापामा आफ्नो पकड बलियो बनाउन निकै सूक्ष्म र प्रविधिको व्यापक प्रयोग सहितको रणनीति अगाडि सारेका छन् । झापा रास्वपाका एक नेताका अनुसार, बालेनको टिमले झापामा भौतिक पूर्वाधार र जनशक्ति परिचालनको व्यापक तयारी सुरु गरिसकेको छ ।

चुनावी कमान्ड सम्हाल्न बालेनको टिमले ३ देखि ४ वटा घर भाडामा लिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । ३ घर ३ वटा कामको लागि छुट्याइएको छ, जसमा एउटा घरमा १५ जनाको विशेष सामाजिक सञ्जालका काम गर्ने टिम हुनेछ । बालेनको सामाजिक सञ्जालदेखि कन्टेन्टका सबै काम सोही घरबाट हुनेछ ।

त्यस्तै, अर्को घरमा बालेन र उनका सहयोगीहरू हुनेछन्, जहाँ त्यहाँको राजनीतिक महोल र जमघटको व्यवस्थापन हुनेछ । बालेनले व्यक्तिगत रूपमा गर्ने गतिविधिको लागि यही घर प्रयोगमा आउने छ ।

यसबाहेक काठमाडौँबाट आउजाउ गर्ने बालेनको ब्याकअप टिम र फिल्डमा खटिने पुरानो महानगर टिमलाई नै भनेर अर्को घर खोजिएको छ । यसअघि महानगर टिममा बालेनलाई सहयोग गर्नेहरूले सोही घरमा बसेर गृहकार्य गर्ने रणनीति हालसम्म बनेको छ ।

तर, रोचक के भने- बालेन समूहले आफ्नो आन्तरिक रणनीतिबारे स्थानीय रास्वपाका नेतालाई पनि खुलेर बताएको छैन । रास्वपा जिल्ला नेताकै सहयोगमा तयारी गरिरहेको बालेन समूह आफ्नो छुट्टै टिममार्फत गतिविधि गरिरहेको छ ।

स्रोतका अनुसार बालेन समूहले आन्तरिक रूपमा टिम खटाएर मत सर्वेक्षण पनि गरिरहेको छ । तर यसबारे के-कस्तो नतिजा आइरहेको छ भन्ने कुरा रास्वपाका स्थानीय नेतालाई समेत औपचारिक रूपमा भनिएको छैन ।

बालेन निकट एक नेताका अनुसार यो टिमले झापाको समग्र मतदाता नामावलीलाई वर्गीकरण गरेर हेरिरहेको छ । मतदाताहरूलाई आदिवासी, युवा, वृद्ध, महिला र विदेशमा रहेका गरी विभिन्न वर्गमा वर्गीकरण गरेर छुट्टाछुट्टै होमवर्क गरिरहेको छ । सोहीअनुसार वर्गविशेष छुट्टाछुट्टै एजेन्डा तयार गरेर प्रचार गर्ने राणनीति यो समूहको छ ।

सकेसम्म, विदेशमा रहेका मतदातालाई चुनावको समयमा नेपाल ल्याउन पनि यो समूहले जोडबल गरेको देखिन्छ । यसअघि केपी ओली र राप्रपाको प्रभाव क्षेत्र रहेकोले त्यहाँ स्थानीय तहमा रहेको ती पार्टीका नेताहरूसँग पनि बालेन टिमले संवाद गरिरहेको छ । विशेषगरी केपी ओलीसँग बिच्किएका नेताहरूलाई आफूतिर तानेर एमालेको मत खिच्ने रणनीतिमा देखिन्छ ।

सांगठनिक अवस्था हेर्दा पनि झापामा रास्वपाका १६ हजारभन्दा बढी सदस्य छन् । १५ पालिकालाई छुट्टाएर हेर्दा एउटामा करिब हजार हाराहारी पार्टी सदस्य रहेको एक नेताले दाबी गरे । यसरी पार्टीमा औपचारिक रूपमा जोडिनेमा करिब ३० प्रतिशत नेकपा एमालेबाट विद्रोह गरेर आएकाहरू रहेको रास्वपाका जिल्ला तहका एक नेताले बताए ।

वडास्तरसम्म फैलिएको रास्वपाकै ‘र्‍यापिड एक्सन टिम (र्‍याट)’ ले पनि चुनावी प्रचारमा काम गरिरहेको छ । रास्वपाले विपत व्यवस्थापनको लागि भनेर बनाएको यो समूह अब चुनावी क्याम्पेनमा खटिनेछ ।

यसबाहेक बिहीबार मात्र काठमाडौंबाट बालेनको एउटा टिम झापा गएको छ । उक्त टिमलाई आज (बिहीबार) नै रास्वपा र त्यहीँ पहिल्यै रहेको बालेन समूह टिमले वस्तुस्थितिबारे ब्रिफिङ गर्नेछ । र, रास्वपा झापाले हेरेका ५-६ वटा घरमध्ये कुन उपयुक्त हुन्छ भनेर यो टिमले टुंगो लगाउने छ । त्यसपछि बालेनको चुनावी गतिविधि यसमध्येबाट छानिएको तीन घरबाट तीव्र गतिमा अघि बढ्ने बालेन निकट एक नेताले अनलाइनखबरलाई बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More