― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest news३० खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, १७.४ महिनाको आयात धान्न पर्याप्त

३० खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, १७.४ महिनाको आयात धान्न पर्याप्त


राष्ट्रिय

समाचार.

  • नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।
  • विदेशी मुद्रा सञ्चितिले १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।
  • कात्तिक मसान्तसम्म विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ उत्पादनको अनुपातमा ५० प्रतिशत पुगेको छ।

२९ मंसिर, काठमाडौं । विदेशी मुद्रा सञ्चिति ३० खर्ब रुपैयाँ नाघेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष पहिलो चार महिना (कात्तिक) सम्म विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको छ । असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो ।

यस्तो सञ्चितिले १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । वस्तु आयात भने २०.८ महिनाको धान्न पर्याप्त हुने देखिएको छ ।

अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २१ अर्ब ५२ करोड पुगेको छ । असार मसान्तसम्म १९ अर्ब ५० करोड थियो । चार महिनामा डलरमा १०.३ प्रतिशतले वृद्धि भएको छ ।

तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको सञ्चिति असारको तुलनामा १२.८ प्रतिशतले बढेर २७ खर्ब २४ अर्ब ६६ करोड पुगेको छ । असारसम्म २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ थियो ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ३ खर्ब ३० अर्ब ८५ करोड पुगेको छ । असार मसान्तसम्म २ खर्ब ६३ अर्ब ४ करोड थियो ।

कात्तिक मसान्तसम्म विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा ५० प्रतिशत पुगेको छ । कुल आयातको १४४.९ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँग ३७.८ प्रतिशत छ ।





Read More