― Advertisement ―

यस शक्तिशाली Asus TUF F16 गेमिङ ल्यापटपलाई RTX 4050 को साथ $1,000 मुनि Amazon मा लिनुहोस्।

यदि तपाईं चालमा खेल्न इच्छुक हुनुहुन्छ तर कडा बजेटसँग व्यवहार गर्दै हुनुहुन्छ भने, तपाईं भाग्यमानी हुनुहुन्छ। अहिले, तपाईं Asus TUF F16 गेमिङ ल्यापटप Amazon...
HomeLatest news१० वर्षभन्दा पुराना एम्बुलेन्स चलाउने नपाइने – KhabarHost

१० वर्षभन्दा पुराना एम्बुलेन्स चलाउने नपाइने – KhabarHost


फाइल तस्वीर



१ मंसिर, काठमाडौं । सरकारले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन १० वर्षभन्दा माथिका पुराना एम्बुलेन्स सञ्चालन गर्न नपाइने भएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार सूचना जारी गर्दै १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुने व्यवस्था गरिएको जनाएको छ ।

त्यसैगरी भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी पूर्ण रूपमा मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई मात्रै भारत आवत–जावत गर्न अनुमति दिइने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

सूचनामा भनिएको छ, ‘२०८२ मा एम्बुलेन्स पैठारीमा राजस्व छुट, सञ्चालन अनुमति, नवीकरण, अनुगमन तथा अनुमति खारेजजस्ता प्रावधानहरू स्पष्ट रूपमा व्यवस्था गरिएकोले उक्त निर्देशिका कडाइका साथ पालना गर्न मन्त्रालय सबै स्वास्थ्य सेवा प्रदायक, एम्बुलेन्स सञ्चालक, एम्बुलेन्स व्यवस्थापन समिति तथा सरोकारवाला सबैमा अनुरोध छ ।’

यो निर्णयसँगै सीमा क्षेत्रका बासिन्दा तथा आपत्कालीन अवस्थामा भारततर्फ रेफर गरिने बिरामीहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।

हेर्नुहोस् सूचना :

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More