― Advertisement ―

HomeLatest newsहजुरआमा पनि लडाकु, म पनि लडाकु, चुनाव गराएरै छाड्छु : प्रधानमन्त्री –...

हजुरआमा पनि लडाकु, म पनि लडाकु, चुनाव गराएरै छाड्छु : प्रधानमन्त्री – KhabarHost



१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफूले चुनाव गराएरै छाड्ने बताएकी छिन् ।

फागुन २१ का लागि तय भएको चुनावबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला बुधबार साँझ बालुवाटारमा भएको जेनजी र दलहरूसहितको त्रिपक्षीय वार्तामा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

बैठक स्रोतका अनुसार, छलफलमा नेपाली कांग्रेसका तर्फबाट आफ्ना धारणा राख्ने क्रममा महामन्त्री गगन कुमार थापाले चुनावका लागि समय अपुग हुने हो कि भन्ने धारणा राखेका थिए ।

‘चुनाव हुनुपर्छ । तर, यति छिटो समयमा भ्याइँदैन कि,’ गगनले बैठकमा भने, ‘धेरै पूर्वतयारी गर्नुपर्नेछ, त्यसैले भ्याँइदैन कि भन्नेमा चिन्तित छु ।’

गगनले आफ्ना कुरा राखेपछि प्रधानमन्त्री कार्कीले चुनावबारे आश्वस्त हुन आग्रह गरिन् ।

उनले चुनावबारे आश्वस्त पार्ने क्रममा हजुरआमा र आफू दुवै लडाकु भएको र चुनाव गराएरै छाड्ने बताइन् ।

‘म लडाकु हुँ । मेरो हजुरआमा पनि लडाकु हुनुहुन्थ्यो,’ प्रधानमन्त्री कार्कीले थप प्रष्ट पार्दै भनिन्, ‘म चुनाव गराएरै छाड्छु । सरकारले चुनाव गराएरै देखाउँछ ।’

उनले जेनजी र दलहरूलाई संवादमा सहभागी भएकोमा धन्यवाद दिँदै यतिले मात्रै नपुग्ने र नियमित छलफल गर्दै गर्ने पनि बताइन् ।

‘यो संवाद सुरुवात हो । नियमित छलफल गर्दै गरौंला,’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै वार्तामा सहभागी एक नेताले भने ।

‘मलाई बाधा अड्चन नल्याइदिनू’

प्रधानमन्त्री कार्कीले आफूले आन्दोलनको मर्म बुझेको बताइन् । अहिले जेनजी आन्दोलन र चुनावसँग सम्बन्धित काममा सहकार्य गर्न आग्रह गर्दै बाधा अड्न नपुर्‍याउन पनि आग्रह गरिन् ।

‘मलाई कसैले बाधा–अड्चन ल्याउन नखोज्नुहोस् । हातखुट्टा बाँधिदिएर यो पनि गरेर त्यो पनि गरेर नभन्नुहोस्,’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘तपाईंहरूले तपाईंका शीर्ष नेतालाई छानबिन गर्न पनि नदिने अनि सरकारले छानबिन नै गरेन, भ्रष्ट्राचारका विषय उठाएन भन्न मिल्दैन ।’

उनले आफूलाई कमजोर नसोच्न पनि आग्रह गरिन् ।

‘मलाई त्यति कमजोर पनि नसोचिदिनुहोस् । म पनि एउटा क्रान्तिकारी विचारधारा राख्ने मान्छे हो,’ प्रधानमन्त्रीले भनेकी छिन्, ‘सत्य र न्यायको पक्षमा बोल्छु । मसँग जेनजीको पनि साथ–सहयोग छ, मेरो मुख तपाईंहरूले थुन्न सक्नुहुन्न ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More