― Advertisement ―

सोमबार, अप्रिल २० को लागि NYT Strands संकेत र जवाफहरू (खेल #778)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strand रातको लागि तपाईंको नयाँ समय क्षेत्र देखा पर्दछ। यसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsबालुवाटारमा सुशीला कार्की र महेश बर्तौलाको नोकझोक 

बालुवाटारमा सुशीला कार्की र महेश बर्तौलाको नोकझोक 



१२ कात्तिक, काठमाडौं । करिब ५ घण्टा चलेको बालुवाटारको त्रिपक्षीय वार्तामा प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेता महेश बर्तौलाबीच केहीबेर नोकझोक चलेको छ ।

छलफलमा सहभागी एक जेनजी अगुवाका अनुसार, संसद् विघटन संवैधानिक कि असंवैधानिक भन्ने विषयमा उनीहरूबीच नोकझोक चलेको थियो ।

‘अहिलेको हाम्रो सम्माननीय प्रधानमन्त्री प्रधानन्यायधीश हुँदा संसद् विघटनको सन्दर्भमा त्यो असंवैधानिक थियो भने निर्णय गर्नुभएको थियो भनेर महेश बर्तौलाले भन्नुभयो,’ ती अगुवाले भने, ‘त्यसपछि तत्काल प्रतिक्रिया दिँदै प्रधानमन्त्रीज्यूले ‘त्यो मैले गरेको छैन । त्यस्तो गलत कुरा नगर्नुस्’ भन्दै चर्किनुभयो ।’

लगत्तै बर्तौलाले ‘सार्वजनिक रुपमा बोल्नुभएको छ’ भन्दै प्रतिप्रश्न गरेका थिए ।

यसरी बर्तौलाले उठाएको प्रसंगको खण्डन कार्कीले चर्किएर गरेपछि केहीबेर नोकझोक चलेको छलफलमा सहभागी अर्का एक नेता बताउँछन् ।

बर्तौलासँग नोकझोक चलिरहँदा प्रधानमन्त्रीले प्रश्न गरिन्– न्यायाधीशले चुनाव लड्न पाउँछ कि पाउँदैन ? भारतमा पाउँछ, यहाँ पाउँछ कि पाउँदैन ?

ती नेताका अनुसार, उनीहरूबीचको सवालजवाफमा कानुनमन्त्री अनिलकुमार सिन्हा पनि प्रवेश गरे ।

न्यायाधीशको सिन्हाले प्रसंग उठ्नेबित्तिकै भनेका थिए- यहाँले मलाई भन्नुभएको होला…।

सिन्हालाई प्रधानमन्त्री कार्कीले बीचमै रोकिन् र भनिन्- पछि बोल्नुहोला ।

सिन्हालाई प्रधानमन्त्रीले रोकेपछि बर्तौलाले थप आफ्ना कुरा राखे । उनले एमाले चुनावको पक्षमा रहेको तर अहिले संसद् विघटन असंवैधानिक भएकाले पुनर्स्थापना हुनुपर्ने अडान राखे ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More