― Advertisement ―

एक ransomware समूहले अब अर्को समूहका सदस्यहरूलाई एक विचित्र साइबर अपराध झगडामा पर्दाफास गर्ने धम्की दिइरहेको छ जुन द्रुत रूपमा फैलिरहेको छ।

0APTwares लाई खतराको पहिचान गर्ने खतरा हो अपरेटरहरूसाइबर आपराधिक समूहहरू विरुद्ध प्रयोग गर्दा दोहोरो फिरौती रणनीतिले प्रभाव गुमाउँछक्रिबिट प्रमाणहरू र वालेट डाटा लीक नमूनाहरूमा...
HomeLatest newsसिरहाका चारै निर्वाचन क्षेत्रमा कांग्रेसका नयाँ उम्मेदवार

सिरहाका चारै निर्वाचन क्षेत्रमा कांग्रेसका नयाँ उम्मेदवार



५ माघ, सिरहा । नेपाली कांग्रेसले सिरहा जिल्लाका चारै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ ।

पार्टीको निर्णयअनुसार यसपटक सिरहाका सबै निर्वाचन क्षेत्रमा नयाँ अनुहारले मौका पाएका छन् ।

कांग्रेसले सिरहा निर्वाचन क्षेत्र नं. १ बाट रामसुन्दर चौधरी, क्षेत्र नं. २ बाट रामचन्द्र यादव, क्षेत्र नं. ३ बाट डा. शुभासचन्द्र यादव र क्षेत्र नं. ४ बाट चन्द्रकला देवी यादवलाई उम्मेदवार घोषणा गरेको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिरहा–१ बाट पदमनारायण चौधरी र क्षेत्र–२ बाट चित्रलेखा यादव निर्वाचित भएका थिए । त्यसैगरी, क्षेत्र–३ र क्षेत्र–४ मा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनबाट उम्मेदवार उठाइएका थिए।

यसपटक सबै क्षेत्रमा कांग्रेसको उम्मेदवारी परेको हो । नेपाली कांग्रेसको ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठक र हालै काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गठबन्धन नगरी चारै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको थियो ।

सोहीअनुसार लामो समयपछि जिल्लामा कांग्रेसले चारै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको हो । उम्मेदबार बनाउन लागिएका सबै नयाँ अनुहार हुन् ।

नयाँ अनुहारलाई उम्मेदवार बनाइएकाले पार्टीभित्र केही नेता तथा कार्यकर्ताहरू उत्साहित देखिएका छन् । केहीमा चिन्ता पनि देखिएको छ । नयाँ उम्मेदवारका कारण चुनाव जित्ने चुनौती बढेको उनीहरूको भनाइ छ ।

यद्यपि, पार्टी नेतृत्वले नयाँ अनुहारमार्फत जनतामा नयाँ आशा र सन्देश जाने विश्वास व्यक्त गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More