― Advertisement ―

अमेजनले डाटा सेन्टरहरूको लागि फाइबर अप्टिक केबलहरूको अर्को पुस्ता निर्माण गर्न बहुबिलियन डलर कोर्निङ सम्झौतामा हस्ताक्षर गर्दछ

Amazoning प्रोटोकिङ नेटवर्कको साथमा साइन इन गर्ने योग्य सम्झौता कम्पोनेन्टहरूयो कदमले उत्तरी क्यारोलिनाको कर्निङका सुविधाहरूमा सिर्जना गर्ने 1000 बाहेक सयौं निर्माण कार्यहरू सिर्जना गर्ने...
HomeLatest newsसिन्धुली र रामछाप जोड्ने खैरेनीघाटमा बेलिब्रिज जडान हुँदै

सिन्धुली र रामछाप जोड्ने खैरेनीघाटमा बेलिब्रिज जडान हुँदै


राष्ट्रिय

समाचार.

  • सुनकोशी नदीको खैरेनीघाटमा भारतले अनुदानमा उपलब्ध गराएको ७० मिटर लम्बाइको बेलिब्रिज जडान सुरु भएको छ।
  • बाढीले क्षति पुर्‍याएको पक्की पुलको स्थानमा सिंगल लेन, २० टन भार वहन क्षमता भएको बेलिब्रिज जडान गर्न लागिएको हो।
  • ऊर्जा मन्त्री कुलमान घिसिङले पुल क्षतिका कारण सडक सम्पर्क टुटेको भन्दै बेलिब्रिज छिटो जडान गर्न निर्देशन दिएका छन्।

१८ मंसिर, काठमाडौं । सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेलिब्रिज (फलामे पुल) जडान सुरु भएको छ ।

गत वर्ष असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीले नेपालथोक नजिक खैरेनीघाटको पक्की पुललाई क्षति पुर्‍याएपछि उक्त स्थानमा बेलिब्रिज जडान गर्न लागिएको हो । उक्त स्थानमा ७० मिटर लम्बाइ भएको बेलिब्रिज जडान हुनेछ । सिंगल लेन पुलको भार वहन क्षमता २० टन रहेको छ ।

विपद्‌बाट क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि नेपाल सरकारको अनुरोधमा भारतले उक्त बेलिब्रिज अनुदानमा उपलब्ध गराएको हो । भारतले अनुदानमा उपलब्ध गराएका १० वटा बेलिब्रिजमध्ये एउटा खैरेनीघाटमा जडान गर्न लागिएको हो ।

बेलिब्रिज खैरेनीघाटसम्म ढुवानी भइसकेको छ । जडानका लागि प्राविधिकहरू भारतबाट निर्माणस्थलमा पुगिसेकका छन् । बाढीले पुलसम्म पुग्ने सडक क्षति पुर्‍याएको थियो । उक्त स्थलसम्म पुग्ने सडकको ट्रयाक खोलिसकिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार खैरेनीघाट क्षेत्रको स्थलगत निरीक्षण गरी बेलिब्रिज जडानका बारेमा जानकारी लिएका छन् ।

मन्त्री घिसिङले विपद्का कारण पुलमा क्षति पुग्दा रामेछापका सुनापति, खाँडादेवी, दोरम्बा, काभ्रेपलाञ्चोकको चौंरीदेउराली लगायतका क्षेत्रको तराई र काठमाडौंसँगको सडक सम्पर्क टुटेको बताए । यसले आवातजावतमा कठिनाइ भएकाले बेलिब्रिज जडान जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिए ।

उनले गत असोजमा त्यस क्षेत्रको भ्रमण गरी उक्त स्थानमा बेलिब्रिज जडानका लागि सडक विभागका अधिकारीहरुलाई निर्देशन दिएका थिए ।





Read More