― Advertisement ―

Amazon CEO Andy Jassy द्वारा दिनको उद्धरण: ‘अनुभवको लागि कुनै कम्प्रेसन एल्गोरिथ्म छैन’ – जीवन र व्यवसायमा सर्टकटहरू बेवास्ता गर्ने बुद्धि।

Andy Jassy ले Amazon परिवार धेरै वर्षसम्म – JeWCE बाट O 2 CE को नजिकैको सेवा लिनु अघि – धेरै वर्षसम्म बेजोस २०२१ मा।...
HomeLatest newsसाँझ ८ बजेभित्र टोकन लिनेले मात्र पाउँछन् मतदान – KhabarHost

साँझ ८ बजेभित्र टोकन लिनेले मात्र पाउँछन् मतदान – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा नेतृत्व चयनका लागि मतदान जारी छ।
  • एमाले निर्वाचन आयोगका अनुसार अपराह्न ४ बजेसम्म ७ सय मत खसेको छ।
  • महासचिव शंकर पोखरेलले ८ बजेभित्र मतदान स्थलभित्र प्रवेश गर्नेको मात्रै मताधिकार पाउने बताएका छन्।

२ पुस, काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा नेतृत्व चयनका लागि मतदान जारी छ । एमालेको निर्वाचन आयोगका अनुसार अपराह्न ४ बजेसम्म ७ सय मत खसेको छ ।

मतदान जारी रहँदा एमालेका महासचिव (महासचिवका उम्मेदवार) शंकर पोखरेलले ८ बजेभित्र मतदान स्थलभित्र प्रवेश गर्नेको मात्रै मताधिकार पाउने बताएका छन् ।

‘भित्र प्रवेशको समय ८ बजे कायम गरिएको छ । कुपन लिएर मतदानको अधिकार सुरक्षित गरौँ’ उनले भनेका छन् ।

आज (बुधबार) बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो । एमालेका कुल २ हजार २६३ प्रतिनिधि छन् । बिहान अध्यक्षका उम्मेदवार केपी शर्मा ओली तथा महासचिवका उम्मेदवार ईश्वर पोखरेललगायतले मतदान गरेर सुरुवात गरेका थिए ।

एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेसिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।‍

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More