― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsसमानुपातिक बन्दसूची बुझाउन रसिद काट्ने र आयोग परिसर प्रवेश गर्ने दलले मात्रै...

समानुपातिक बन्दसूची बुझाउन रसिद काट्ने र आयोग परिसर प्रवेश गर्ने दलले मात्रै पाउने


राष्ट्रिय

समाचार.

  • निर्वाचन आयोगले रसिद काटिसकेका र आयोग परिसरमा प्रवेश गरिसकेका दलहरूलाई समयावधि सकिएपछि पनि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न दिने स्पष्ट पारेको छ।
  • आयोगका पदाधिकारीहरूले कार्यालय समय सकिए पनि रसिद बोकेर आयोग परिसरमा रहेका दलका प्रतिनिधिहरूलाई बन्दसूची पेस गर्न नदिन नहुने निष्कर्षसहित व्यवहारिक निर्णय गरेको बताएका छन्।
  • समानुपातिकको बन्दसूची पेस गर्नुअघि हरेक दलले ५० हजार रुपैंया दस्तुर बुझाउनुपर्ने व्यवस्था आयोगले जनाएको छ।

१४ पुस, काठमाडौँ । निर्वाचन आयोगले रसिद काटिसकेका र आयोग परिसरमा प्रवेश गरिसकेका दलहरूलाई समयावधि सकिएपछि  पनि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न दिने स्पष्ट पारेको छ ।

आयोगका पदाधिकारीहरूको अनौपचारिक बैठकले रसिद काटिसकेका र बन्दसूची बुझाउन आएका दलहरूलाई कार्यालय समय सकिएकै कारण निषेध गर्न नहुने निष्कर्षसहित बन्दसूची पेस गर्न निर्णय गरेको हो ।

‘उहाँहरूले रसिद काटिसक्नुभएको छ, प्रतिनिधिहरू सूची बोकेर आयोगको परिसरमा आइसकेका छन्’ आयोगका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘त्यस्तो अवस्थामा घडीमा ४ बज्यो भन्ने कारणले मात्रै बन्दसूची पेस गर्न नदिनु गलत हुनेछ, त्यसमा हामी व्यवहारिक हुनेछौं ।’

निर्वाचन आयोगको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरूका अनुसार, सबैजसो दलहरुले रसिद काटिसकेका छन् । तर कतिपय दलमा निर्णय नभएका कारण र केही दलहरू एकीकरणको प्रक्रियामा रहेका कारण बन्दसूची पेस गर्न ढिलाइ भएको हो ।

तर दलका प्रतिनिधीहरू निर्वाचन आयोग परिसरभित्र रसिद बोकेर बसिरहेको अवस्थामा उनीहरूलाई निषेध गर्न नहुने भन्दै मंगलबार बिहानसम्म भए पनि सूची दर्ताको अवसर दिने तयारी गरेको हो । त्यसरी काम गर्दै जाँदा जतिबेला भए पनि लाइनमा रहेका प्रतिनिधिहरूलाई आयोगले मौका दिने भनेको हो ।

तर सोमबार कार्यालय समय सकिएपछि समानुपातिकको सूची पेस गर्न रसिद काट्न भने बन्द भएको आयोगले जनाएको छ । समानुपातिकको बन्दसूची पेस गर्नुअघि हरेक दलले ५० हजार रुपैंया दस्तुर बुझाउनुपर्छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More