― Advertisement ―

किन्डल प्राइम डे डिलहरू पहिले नै सुरु भइसकेका छन् — म Kindle, Paperwhite र Colorsoft सबै 33% सम्मको छुटमा बिक्रीमा देख्छु, एउटा सानो क्याचको...

गत वर्षको ठूलो बिक्रीको रूपमा, Amazon ले आफ्नो प्राइम डे सुरु गरेको छ Kindle यो वर्षको सुरुमा डिलहरू छन्। कार्यक्रम प्राविधिक रूपमा अर्को मंगलबार...
HomeLatest newsत्रिवि शिक्षा तथा विकास विषयको प्रश्नपत्र अघिल्लो वर्षकै हुबहु

त्रिवि शिक्षा तथा विकास विषयको प्रश्नपत्र अघिल्लो वर्षकै हुबहु



१४ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायको स्नातकोत्तर तहको शिक्षा तथा विकास विषयको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु रहेको पाइएको छ ।

एमएड दोस्रो सेमेस्टरको २८ मंसिरमा भएको शिक्षा तथा विकास विषयमा सोधिएको ११ वटा प्रश्नमध्ये ९ वटा प्रश्न २०८१ को प्रश्नसँग हुबहु र २ वटा प्रश्न समान खालको आएको शिक्षक र विद्यार्थीहरूले बताएका छन् ।

‘अघिल्लो वर्षको प्रश्न सोधिनु भनेको प्रश्नपत्र बाहिरिएको हो । एउटै प्रश्न दोहोरिनुले परीक्षा प्रणालीको मर्यादा उल्लघंन भएको छ,’ त्रिविका एक प्राध्यापकले भने, ‘परीक्षाको निश्पक्षता, विश्वसनियता र गुणस्तरमा प्रश्न उठेको छ ।’

एमएड दोस्रो सेमेस्टरको परीक्षा गत २७ मंसिरदेखि ७ पुससम्म चलेको थियो । प्रश्नपत्र बाहिरिँदा पनि डिन कार्यालयले कुनै निर्णय नलिएको गुनासो केही प्राध्यापकहरूले गरेका छन् ।

‘प्रश्नपत्र दोहोरिएपछि तत्काल परीक्षा समितिको बैठक बसेर पुनः परीक्षा गर्नु पर्ने हो । ७ पुसमा परीक्षा सकिएपछि दोहोरिएको विषयको पुनः परीक्षा ९ पुसमा गर्न सकिने थियो । तर डिन कार्यालयले यो विषय गुपचुप राख्यो,’ ती प्राध्यापकले भने, ‘ढिलागरी पुनः परीक्षा लिँदा विद्यार्थीलाई असर पर्छ ।

डिन वेदराज आचार्य भने केही प्रश्नपत्र दोहोरिएको तर बाहिर आए जस्तो नभएको दाबी गर्छन् ।

‘अलिअलि दोहोरिएको हो । यो विषयमा आज सम्बन्धित व्यक्तिहरूलाई स्पष्टीकरण मागेको छ । तर बाहिर आएको जस्तो पनि होइन । पुरानो प्रश्नपत्र नहेरि बनाएको पाइएको छ,’ उनले भने ।

यसरी प्रश्नपत्र दोहोरिनुमा सधैं एउटै व्यक्तिलाई प्रश्नपत्र बनाउने दिने र प्रश्नपत्र बैंकको व्यवस्था नहुँदा दोहोरिने गरेको आरोप प्राध्यापकहरूको छ ।

‘प्रश्नपत्र मोडेरेसनमा समस्या हो । रिमोडरेसन नगरी प्रश्न सोध्ने गरेकोले हो,’ ती प्राध्यापकले भने, ‘ एक दुइ सेट प्रश्नमात्र बनाएर परीक्षा लिँदा पनि दोहोरिने गरेको छ ।’ यसअघि पनि यस्तै प्रकृतिको घटनामा दोषीलाई कारबाही र पुनः परीक्षा लिइएको नजिर छ ।

हेर्नुहोस् प्रश्नपत्र :





Read More