― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsसमानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुग्यो

समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुग्यो


राष्ट्रिय

समाचार.

  • प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिने संख्या ८५ पुगेको छ भने अझै केही थपिन सक्नेछ।
  • उम्मेदवारी फिर्ता गर्न उम्मेदवार स्वयं निर्वाचन आयोगमा उपस्थित हुनुपर्ने वा वारेसमार्फत् निवेदन दिन सकिने व्यवस्था छ।
  • उम्मेदवारी फिर्ता भएपछि खाली ठाउँमा सम्बन्धित दलले अर्को उम्मेदवार पठाउन पाउनेछ र निर्वाचन २१ फागुनमा हुनेछ।

२८ पुस, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यो संख्या अझै केही थपिन सक्नेछ ।

‘उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुग्यो । अझै केही सेवाग्राही आयोगमै हुनुहुन्छ । उम्मेदवारी फिर्ता लिनेको संख्या केही थपिन सक्छ’ भट्टराईले अनलाइनखबरसँग भने ।

राजनीतिक दलहरूले यही पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची बुझाएका थिए । उनीहरूलाई आइतबारसम्म समावेशी क्लस्टर मिलाउने समय दिइएको थियो ।

सोमबार उम्मेदवारी फिर्ताको समय छ । उम्मेदवारी फिर्ताका लागि उम्मेदवार स्वयं निर्वाचन आयोगमा उपस्थित हुनुपर्छ । वा वारेस मार्फत् समेत उम्मेदवारी फिर्ताको निवेदन दिन सकिन्छ ।

उम्मेदवारी फिर्ताको निवेदन पाएपछि निर्वाचन आयोगले सम्बन्धित दललाई त्यसबारे जानकारी दिनेछ । आयोगले जानकारी दिएपछि उम्मेदवारी फिर्ता भएपछि खाली भएको ठाउँमा सम्बन्धित दलले अर्को उम्मेदवार पठाउन पाउँछ ।

प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदैछ । प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता भने आगामी माघ ६ गतेका लागि तय भएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More