― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsसंस्थापनसँग छलफलका लागि विशेष महाधिवेशन पक्षले पनि बनायो वार्ता टोली

संस्थापनसँग छलफलका लागि विशेष महाधिवेशन पक्षले पनि बनायो वार्ता टोली


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नीति र नेतृत्व परिवर्तनको माग गर्दै सभापति देउवा पक्षसँग वार्ता टोली बनाएको छ।
  • विशेष पक्षले प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे गरी टोली बनाएको छ भने देउवाले उपसभापति खड्का र रमेश लेखकलाई वार्ताका लागि जिम्मेवारी दिएका छन्।
  • दुवै पक्षबीच भोलि मंगलबार बिहान छलफल हुने तयारी छ र विशेष महाधिवेशनलाई सभापति देउवाले मान्यता नदिने सन्देश निकटस्थमार्फत् दिइरहेका छन्।

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले संस्थापनसँग छलफलका लागि वार्ता टोली बनाएको छ ।

नीति र नेतृत्व परिवर्तनको माग गर्दै विशेष महाधिवेशन आयोजना गरेको पक्षले सभापति शेरबहादुर देउवा पक्षसँग कुरा गर्न वार्ता टोली बनाएको हो ।

विशेष पक्षले बनाएको समितिमा नेताहरू प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे छन् ।

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का र रमेश लेखकलाई विशेष पक्षसँग वार्ता गर्ने जिम्मेवारी दिएका छन् ।

दुई पक्षबीच भोलि मंगलबार बिहान छलफलको तयारी छ । विशेष पक्षले सभापति देउवासहित संस्थापन पक्षलाई बोलाएपनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएका छैनन् ।

सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश समेत निकटस्थहरूमार्फत् दिइरहेका छन् ।

कांग्रेसका ५१ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनमा जोड दिएका छन् । संस्थापन पक्षले बेवास्ता गरे जारी विशेष महाधिवेशनबाटै निर्वाचन प्रक्रिया थाल्ने उनीहरूको चेतावनी छ ।

विशेष पक्षको नेतृत्व महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरिरहेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More