― Advertisement ―

‘मिलाना-कोर्टिनाको लागि हाम्रो कामले नेटवर्कको नयाँ पुस्ता सिर्जना गर्न मद्दत गरिरहेको छ’: HPE ले २०२६ शीतकालीन ओलम्पिकको नेटवर्क ब्याकबोन हुन के लिन्छ भनेर बताउँछ।

The 2026 शीतकालीन ओलम्पिक मिलान-कोर्टिनामा आधुनिक समयमा सबैभन्दा बढी माग गरिएको थियो, यो तीनवटा क्षेत्रहरूमा फैलिएको थियो, जुन यसलाई उत्तरी भागमा सबैभन्दा धेरै पढिएको...
HomeLatest newsसमानुपातिकतर्फको बन्दसूची तयार पार्दै एमाले, जिल्लाबाट सिफारिस आउँदै

समानुपातिकतर्फको बन्दसूची तयार पार्दै एमाले, जिल्लाबाट सिफारिस आउँदै



८ पुस, काठमाडौ । सार्वजनिक रुपमा प्रतिनिधिसभा पुनर्स्थापनाको वकालत गरिरहेको नेकपा एमालेले चुनावको तयारीलाई पनि सँगसँगै अगाडि बढाएको छ ।

सबै जिल्लाबाट समानुपातिक तर्फका आकांक्षीहरूको नाम पठाउन निर्देशन दिएर एमालेले निर्वाचनका लागि तयार रहेको सन्देश दिएको हो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रदेश कमिटीमार्फत् जिल्ला–जिल्लाबाट समानुपातिक तर्फ बन्दसूचीमा समावेश गरिने नाम मागिएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार १३ र १४ पुसमा समानुपातिक तर्फको बन्दसूची बुझाइसक्नुपर्छ । जसअनुसार एमालेले पनि बन्दसूचीमा राखिने नामहरू संकलन तीव्र पारेको छ ।

स्रोतका अनुसार हिजो सबै जिल्ला अध्यक्षलाई समानुपातिक सांसद बन्न आकांक्षा राख्नेहरूको नाम पठाउन भनिएको थियो । तर जिल्ला अध्यक्षहरूले सामान्य छलफल समेत नगरी नाम पठाउन नसकिने अडान लिए ।

‘जिल्लामा साथीहरूसँग छलफल गर्नुपर्‍यो । क–कसलाई रहर छ भनेर सोध्नुपर्‍यो, योग्यता र योगदान पनि हेर्नुपर्‍यो,’ एक जिल्ला अध्यक्ष भन्छन्, ‘भन्नासाथ नाम पठाउने कुरा भएन । त्यसैले लम्बिएको छ ।’

केन्द्रीय कार्यालयबाट भोलिसम्म जसरी पनि समानुपातिकतर्फ सांसद बन्न चाहनेहरूको नाम पठाउन समय दिइएको छ । जसअनुसार जिल्लाका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

‘धेरै जिल्लामा आजै नाम टुंगियो, अब बाँकी जिल्लाहरूबाट भोलिसम्म नाम आउने आशा गरिएको छ,’ एक नेता भन्छन् । समानुपातिक सूचीमा नाम पठाउन एमालेले कुनै मापदण्ड भने तोकेको छैन । ‘कुनै मापदण्ड छैन, रहर गर्नेहरूको नाम पठाउने हो,’ ती नेता भन्छन् ।

नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले भने पार्टीको यस्तो शैलीप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेरै आफूले आपत्ति जनाएको कुरा सार्वजनिक गरेका छन् ।

‘प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक उम्मेद्वारको नाम पेश गर्नुपर्ने समय नजिक आइसकेको छ । पार्टीको बैठक बसेर मापदण्ड बनाएर तहगत कमिटीलाई उम्मेद्वार सिफारिस गर्न निर्देशन गर्नुपर्नेछ,’ भट्टराईले लेखेका छन्, ‘महासचिव कमरेड शंकर पोखरेललाई फोनमार्फत यो विषय ध्यानाकर्षण गरेको छु ।’

धेरै नेताले त उपमहासचिव भट्टराईकै स्टाटस हेरेर एमालेले समानुपातिक सूचीतर्फ नाम संकलन गरिरहेको थाहा पाएका थिए । किनकि समानुपातिक सूची बुझाउनेबारे एमालेले कुनै औपचारिक निर्णय गरेको थिएन ।

आज मात्रै जिल्लाका अध्यक्षहरूसँग भर्चुअल संवाद गरेका महासचिव शंकर पोखरेल आफैंले पनि यो विषय उठाएनन् । नेतृत्वविरुद्ध कुनै निर्णय भए जनपरिचालनको तयारीमा जुट्ने संकेत गरेका पोखरेलले समानुपातिक सूचीबारे कुनै निर्देशन नदिएको एक सहभागीले बताए ।

तर ‘ट्र्याक टू’ योजनामा भने समानुपातिकतर्फ बन्दसूची तयार पार्ने काम भइरहेको छ । समानुपातिकको बन्दसूची तयार पार्ने मात्र नभएर अरु चुनावी तयारीका कार्यक्रममा पनि एमालेले भाग लिँदै आएको छ । राष्ट्रपति, प्रधानमन्त्री र निर्वाचन आयोगले बोलाउने सर्वदलीय बैठकमा एमाले नेताहरू सहभागी हुँदै आएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित शीर्ष नेताहरूलाई छलफलमा बोलाउँदा अध्यक्ष ओली आफैं सहभागी भए । आयोगले समानुपातिक सूची बुझाउनेबारे गरेको प्रशिक्षणमा एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्यले पनि भाग लिए ।

आयार्यका अनुसार समानुपातिक तर्फको बन्दसूची बुझाउने प्राविधिक तयारी समेत उनले पुरा गरिसकेका छन् । ‘कुन क्लस्टरमा कति जना कसरी राख्ने जस्ता प्राविधिक तयारी भइसकेको छ, अब पार्टीले नाम दिएपछि बुझाउने हो,’ उनी भन्छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More