― Advertisement ―

‘धेरै संस्थाहरूसँग AI लगानी समस्या छैन, तिनीहरूसँग डाटा समस्या छ’: नयाँ अध्ययनले चेतावनी दिन्छ कि पूर्वाधार मागहरू वास्तवमै एआईलाई पछाडि समातिरहेको हुन सक्छ।

कन्फ्लुएन्ट वा रिसर्चको बारेमा फर्महरू छन्। लगानीहरू - महत्वाकांक्षाहरू त्यहाँ छन्बरु, कम्पनीहरूले लिगेसी डेटा प्रणालीहरूसँग संघर्ष गरिरहेका छन्हामीलाई थाहा थिएन कि हामीलाई त्यसबेला निरन्तर...
HomeLatest newsशमार स्प्रिङ्गरको ह्‍याट्रिकमा वेस्ट इन्डिजको सान्त्वना जित

शमार स्प्रिङ्गरको ह्‍याट्रिकमा वेस्ट इन्डिजको सान्त्वना जित


राष्ट्रिय

समाचार.

  • वेस्ट इन्डिजका शमार स्प्रिङ्गरले १९औं ओभरमा ह्याट्रिक लिएपछि अफगानिस्तानसँगको टी–२० शृंखला क्लिन स्वीप हुनबाट जोगाएको छ।
  • तीन खेलको शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १५ रनले पराजित गरेको छ।
  • अफगानिस्तानले दिएको १५२ रनको लक्ष्य पछ्याउँदा २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो।

९ माघ, काठमाडौं । शमार स्प्रिङ्गरले १९औं ओभरमा ह्‍याट्रिक लिएपछि वेस्ट इन्डिजले अफगानिस्तानसँगको टी–२० शृंखला क्लिन स्वीप हुनबाट जोगाएको  छ ।

तीन खेलको शृंखलाअन्तर्गत बिहीबार दुबईमा भएको अन्तिम खेलमा अफगानिस्तानलाई १५ रनले पराजित गर्दै वेस्टइन्डिजले सान्त्वना जित हासिल गरेको हो ।

वेस्ट इन्डिजले दिएको १५२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रनमै सीमित भयो । अफगानिस्तानका लागि रहमानुल्लाह गुर्बाजले सर्वाधिक ७१ रन बनाए ।

इब्राहिम जद्रानसँग मिलेर गुरबाजले ७२ रनको राम्रो ओपनिङ साझेदारी गरेपछि अफगानिस्तान जिततर्फ अग्रसर देखिएको थियो । तर १९औं ओभरमा शमार स्प्रिङ्गरले लगातार तीन बलमा गुर्बाज, राशिद खान र शाहिदुल्लाहलाई आउट गर्दै ह्‍याट्रिक पूरा गरेपछि खेलको मोड पूर्ण रूपमा वेस्ट इन्डिजतर्फ फर्कियो ।

उक्त ओभरमा केवल ५ रन खर्चेर स्प्रिङ्गरले अफगानिस्तानको जितको सम्भावना समाप्त गरिदिए । वेस्ट इन्डिजका लागि शमार स्प्रिङ्गरले ४ विकेट लिए भने म्याथ्यु फोर्डे, खयारी पियरे र रामोन सिमोन्ड्सले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । ब्रान्डन किङले ४७ रन बनाए भने म्याथ्यु फोर्डले २७ रन जोडे ।

अफगानिस्तानका लागि जियाउर रहमान, अब्दुल्लाह अहमदजाइ र राशिद खानले २-२ विकेट हात पारे भने शाहिदुल्लाहले १ विकेट लिए ।

यसअघि भएका दुवै खेलमा अफगानिस्तान विजयी भएको थियो । शृंखला भने अफगानिस्तानले २-१ जितेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More