― Advertisement ―

रोबोटहरू युद्धहरू लडिरहेका छन् र दंगा हटाउन मद्दत गरिरहेका छन् – चीनले दंगा पुलिसलाई एआई नियन्त्रित ड्रोनहरूको टोलीसँग सशस्त्र बनाउँदैछ र युक्रेनले 25,000 रोबोटहरूसँग...

चीन नयाँ परीक्षण गर्दै छन् क्षमताहरूरूससँगको युद्धको अग्रपङ्क्तिमा रोबोटहरू तैनाथ भइरहेका छन्चीनमा हुने विरोध प्रदर्शनहरूलाई चाँडै रोबोट र ड्रोनहरूको टोली प्रयोग गरेर प्रहरी परिचालन...
HomeLatest newsविशेष महाधिवेशन हुनुअघि कांग्रेसले जुलस निकाल्ने, यस्तो छ रुट

विशेष महाधिवेशन हुनुअघि कांग्रेसले जुलस निकाल्ने, यस्तो छ रुट


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा हुँदैछ र उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गरिने तयारी छ।
  • जुलुसका लागि ललितपुरको कुपण्डोल, काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस, कमलपोखरीबाट बिहान ११ बजे निस्कनेछन्।
  • जुलुसका विभिन्न रुटहरूबाट भृकुटीमण्डपसम्म पुग्नेछन् र देशका विभिन्न जिल्लाका कांग्रेस नेता–कार्यकर्ता सहभागी हुनेछन्।

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्ने भएका छन् । २७ र २८ पुसमा विशेष महाधिवेशन हुँदैछ । २७ पुस आइतबारको मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि जुलुस प्रदर्शन गर्ने महाधिवेशन आयोजक समितिको तयारी छ ।

विशेष महाधिवेशनस्थलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेता जगदीश्वरनरसिंह केसीले जुलुस प्रदर्शन गरिने रुटबारे जानकारी दिए ।

केसीका अनुसार ललितपुरको कुपण्डोल, काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायतका स्थानबाट जुलुस भृकुटीमण्डपतर्फ बढ्नेछ । सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने तयारी गरिएको केसीले जानकारी दिए ।

यस्तो छ जुलुस निस्कने रुट

रुट नम्बर १

जम्मा हुने स्थान : सुन्धारा ।

सुन्धारामा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाहरूका कांग्रेस नेता–कार्यकर्ता जम्मा हुनेछन् । काठमाडौं निर्वाचन क्षेत्र ८, ९ र १० का नेता–कार्यकर्ता पनि यही जुलुसमा सहभागी हुनेछन् ।

यो जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा प्रवेश गर्नेछ ।

रुट नम्बर २

जम्मा हुने स्थान : रत्नपार्क

रत्नपार्कबाट निस्कने जुलुसमा नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौंको उत्तरी भाग तथा काठमाडौंको क्षेत्र नम्बर ५, ६ र ७ का नेता–कार्यकर्ता सहभागी हुनेछन् ।

रत्नपार्कबाट पुरानो बसपार्क हुँदै जुलस विशेष महाधिवेशनस्थल पुग्नेछ ।

रुट नम्बर ३

जम्मा हुने स्थान : पद्मकन्या क्याम्पस

पद्मकन्या क्याम्पसबाट आउने जुलुसमा बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्ता सहभागी हुनेछन् । काठमाडौंका ५, ६ र ७ का सबै नेता–कार्यकर्ता यो जुलुसमा सहभागी हुनेछन् ।

यो रुटको जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदयमोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

रुट नम्बर ४

जम्मा हुने स्थान : शंकरदेव क्याम्पस

यो रुटको जुलसका लागि पुतलीसडकस्थित पद्मोदय–शंकरदेव क्याम्पसलाई जम्मा हुने स्थान तोकिएको छ । भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौंका २ र ३ नम्बर निर्वाचन क्षेत्रअन्तर्गतका नेता–कार्यकर्ता यो जुलसमा सहभागी हुनेछन् । यो जुलस शंकरदेव क्याम्पसबाट पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

रुट नम्बर ५

जम्मा हुने स्थान : कमलपोखरी

यो रुटमा काठमाडौंका निर्वाचन क्षेत्र १ र ४ का सबै नेता–कार्यकर्ता यहाँ जम्मा भई कमलपोखरी हुँदै चारखाल अड्डा डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछन् ।

रुट नम्बर ६

जम्मा हुने स्थान : कुपण्डोल

ललितपुरको कुपन्डोलबाट निस्कने जुलुसमा ललितपुर, मकवानपुरका सहभागीको सहभागिता रहने नेता केसीले जानकारी दिए ।

कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै यो जुलुस भृकुटीमण्डप प्रवेश गर्नेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More