― Advertisement ―

गार्मिनको प्रिमियम चलिरहेको घडी एक आश्चर्यजनक रेकर्ड-कम मूल्यमा खस्छ

अहिले पुरानो घडी भए पनि, हामी अझै पनि Garmin epix Pro मा एक उत्कृष्ट र सबैभन्दा उन्नत निर्माताको रूपमा। जब यो सुरु भयो, यद्यपि,...
HomeLatest newsकर्णालीका ९ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा

कर्णालीका ९ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा



२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहप्रदेश कर्णालीका १० मध्ये ९ जिल्ला सभापतिहरूले विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गरेका छन् ।

कर्णाली प्रदेशका सल्यान जिल्लाबाहेकका जिल्ला सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गरेर काठमाडौंमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गरेका हुन् ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पौष १८ गतेको निर्णयबाट विशेष महाधिवेशनको औचित्य समाप्त भएको कुरा सबैलाई जानकारी भएको विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, पार्टीको आधिकारीक निर्णयबिना कुनै व्यक्ति विशेषबाट आह्वान गरिएको विशेष महाधिवेशनमा सहभागित नहुन नेपाली कांग्रेसका सम्पूर्ण तहका पदाधिकारी सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भ्रातृ तथा शुभेच्छुक संघ संस्था, विदेशस्थित नेपाली जनसम्पर्क समितिका साथीहरूलाई हार्दिक अपिल गर्दछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

संयुक्त विज्ञप्ति जारी गर्नेमा खड्गबहादुर पोखरेल (सुर्खेत), मणिराम रेग्मी (दैलेख), बेदराज सिंह (जाजरकोट), कर्णबहादुर शाही (जुम्ला), ऐनबहादुर शाही (मुगु), मोहनविक्रम सिंह (हुम्ला), प्रेमप्रकाश ओली (रुकुम पश्चिम), लवकुमार शाही (डोल्पा) र सन्तोष केसी (सल्यान) रहेका छन् ।

विज्ञप्ति जारी गर्नेमा डोल्पाका शाही कार्यवाहक सभापति र सल्यानका केसी उपसभापति हुन् भने बाँकी ७ जिल्लाका सबै सभापतिहरू हुन् । कांग्रेस सल्यानका सभापति केशबहादुर विष्ट महामन्त्री गगन थापानिकट मानिन्छन् ।

यस्तै कालीकोटका सभापति अम्बबहादुर शाहीले पनि छुट्टै विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गरेका छन् ।

यसअघि सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमका ९ मध्ये ६ जिल्लाका सभापतिहरूले पनि संयुक्त वक्तव्य जारी गरेर विशेष महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका थिए ।


(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More