― Advertisement ―

सेनाले नयाँ डाटा सेन्टरहरू चाहन्छ र सामुदायिक बैठकहरूले प्रमुख टेक कम्पनीहरूलाई चोट पुर्याउने प्रतिक्रियालाई रोक्न सक्छ भन्ने सोच्दछ

अमेरिकी सेनाले अनुमोदित गरेको 020 020 मिडिया प्रस्तावहरूका लागि। कार्यान्वयनचार सैन्य स्थापनाहरूले छिट्टै अमेरिकाभरि ठूला-ठूला डाटा सेन्टर क्याम्पसहरू होस्ट गर्न सक्नेछन्सबै प्रस्तावित सुविधाहरूले स्थानीय...
HomeLatest newsविशेष महाधिवेशनको माग बेवारिसे हुन दिन्नौं – KhabarHost

विशेष महाधिवेशनको माग बेवारिसे हुन दिन्नौं – KhabarHost



१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए पनि मागलाई बेवारिसे हुने नदिने बताएका छन् ।

कानुनव्यवसायीसँग शनिबार गरेको परामर्शका क्रममा उनीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको मागलाई बेवारिसे हुन नदिने बताएका हुन् ।

‘विधानत: ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेपछि विशेष महाधिवेशन बाध्यकारी छ भन्नेमा स्पष्ट छौं । अझै पनि हाम्रो प्रयास केन्द्रले आफैं बोलाउनुपर्छ भन्ने छ । त्यसका लागि लागेका छौं, अन्तिमम्म लाग्नेछौं,’ उनीहरूको भनाइ थियो, ‘केन्द्रले बोलाएन भने यो माग बेवारिशे हुन सक्दैन विधान र कानुनबमोजिम पुरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्य हामीले सचेततापूर्वक पुरा गर्नुपर्छ, गर्नेछौं ।’

निर्वाचन अगाडि महाधिवेशन गरेर  नयाँ उर्जा, नीति, संकल्पसहित निर्वाचनमा जानुपर्ने पर्छ भन्ने विषय राजनीतिक विषय भएकाले आफूहरू निरन्तर प्रयत्नमा रहेको महामन्त्रीद्वयको भनाइ थियो । ‘हामीले बारम्बार भनेका छौं– नेतृत्वमा हामी को रहने भन्ने विषय गौण हो । पार्टीको अस्तित्व, पद्दतिको विषय महत्वपूर्ण हो ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More