― Advertisement ―

मार्वलको वोल्भरिनमा एक्स-मेन अवस्थित छैन किनभने म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्, इन्सोम्नियाक भन्छन् – ‘हामी मानिसहरूलाई सम्झाउन चाहन्छौं कि म्युटेन्टको लागि अस्तित्व सुरक्षित छैन।...

Insomniac मा खेलहरू अवस्थित छन् भन्छन्। Marvel's Wolverine किनकि म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्कथा निर्देशक वाल्ट विलियम्स भन्छन् कि म्युटेन्टहरू बाहिरका हुन्, र लोगानको...
HomeLatest newsविवाहपञ्चमीको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै – KhabarHost

विवाहपञ्चमीको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै – KhabarHost



५ मंसिर, जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा भगवान् राम र लक्ष्मणको स्वरुपमा सजिएकाहरुलाई पुष्पबाटिकामा घुमाउने चलन छ, जहाँ राम–जानकीको पहिलो भेट भएको किम्वदन्ती छ ।

आज साँझ जानकी मन्दिर छेउको विवाहमण्डपस्थित फूलबारीमा राम र लक्ष्मणको अवलोकन गराइने कार्यक्रम छ । यस अवसरमा राम, लक्ष्मण र जानकीका स्वरूपमा सिँगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने परम्परा छ ।

त्रेता युगमा गुरु विश्वामित्रसँग धनुष यज्ञमा सहभागी हुन अयोध्याबाट जनकपुर आएका राम र लक्ष्मण फूलबारी घुम्न पुगेका बेला राम र सीताको पहिलो नजर भेट भएको थियो । यही क्षणबाट एक–अर्काप्रतिको आकर्षण सुरु भएको र जानकीले राम जस्तै बर पाउने कामना गरेको जनकी मन्दिरका सहमहन्त रामरोशन दास बताउँछन् ।

बिहीबार महोत्सवको पहिलो दिन राम र लक्ष्मणलाई जानकी मन्दिर परिसरमा नगरदर्शन गराइएको थियो । भोलि बिहीबार तिलकोत्सव मनाइने कार्यक्रम रहेको छ ।

त्रेता युगमा सम्पन्न मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको दिव्य विवाहको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष धुमधामका साथ विवाहपञ्चमी पर्व मनाइन्छ । मंसिर ४ गतेबाट सुरु भएको यस वर्षको महोत्सव मंसिर ११ गतेसम्म चल्नेछ ।

भोलि शनिबार धनुष यज्ञ, मंसिर ७ गते तिलकोत्सव, मंसिर ८ गते राम–जानकी मटकोर र मंसिर ९ गते मुख्य विवाहपञ्चमी कार्यक्रम हुनेछ । मंसिर १० गते रामकलेवा गरी विधिवत रूपमा महोत्सव सम्पन्न गरिने जनाइएको छ । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन श्रद्धालुभक्तजनहरु आउन थालेका छन् ।





Read More