― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsविराजभक्त श्रेष्ठ – KhabarHost

विराजभक्त श्रेष्ठ – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठले वैकल्पिक तेस्रो ध्रुव बनाउन विचार मिल्नेहरूसँग एकताको प्रयास भइरहेको बताउनुभयो।
  • श्रेष्ठले काठमाडौंका मेयर बालेन शाह र मन्त्री कुलमान घिसिङसँगको एकता प्रक्रियामा गृहकार्य भइरहेको उल्लेख गर्नुभयो।
  • उहाँले वैकल्पिक राजनीतिको विरासत रास्वपाले अघि बढाइरहेको र विवेकशील साझासँग पनि एकता गरिएको जानकारी दिनुभयो।

१२ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठले बलियो वैकल्पिक ध्रुव बनाउन विचार मिल्नेहरूसँग एकताको प्रयास भइरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा मन्त्री कुलमान घिसिङलगायतसँगको एकताको प्रयास पनि त्यसैको निरन्तरता भएको बताए ।

‘नेपाली राजनीतिको केन्द्रमा लामो समय दुई ध्रुव बलियो बनेर रहेको अवस्था हो । अब वैकल्पिक तेस्रो ध्रुव पनि छ है भनेर हामीले काम गरिरहेका छौं,’ विघटित प्रतिनिधिसभाका सदस्य रहेका श्रेष्ठले भने, ‘त्यसैले विचार र व्यवहार मिल्नेहरूसँग एउटै बनेर जानुपर्छ भनेर हामी लागेका छौं ।

उनले बालेन र कुलमानसँग एकता गरेर जाने आधार तय हुन बाँकी रहेको बताए ।

‘हिजो पार्टी कार्यालयमा सभापति र दुवै उपसभापतिहरू आउनु भएको थियो । उहाँहरूले एकताको प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो । दुईवटैपक्ष के आधारमा सँगै जाने भन्ने तय हुन बाँकी रहेको बताउनुभयो । त्यसमा गृहकार्य भइरहेको छ,’ उनले भने ।

नेता श्रेष्ठले वैकल्पिक राजनीतिको विरासत रास्वपाले अघि बढाइरहेको बताए । ‘वैकल्पिक राजनीतिक सुरु भइसकेपछि यसको विरासत रास्वपाले अघि बढाएको छ । त्यही जिम्मेवारी सम्झिएर विवेकशील साझासँग पनि एकता गरिएको हो । विचरा र व्यवहार मिल्ने अरु दलसँग पनि एउटै बनेर जानुपर्छ भनेर हामी लागेका छौं,’ उनले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More