― Advertisement ―

तेस्रो पक्षहरू मार्फत अनधिकृत प्रयोगकर्ताहरूद्वारा पहुँच गरिएको मिथकहरू

Unauthors' प्रयोगकर्ताहरूलाई Claudethros को पहुँच गर्न अधिकार छ Mythosप्रयोगकर्ताहरूले अनुमान कार्य र तेस्रो-पक्ष पहुँचको साथ पहुँच प्राप्त गरेमोडलले सफ्टवेयरको कमजोरीहरूलाई स्केलमा शोषण गर्न सक्षम...
Homeविपिनको पार्थिव शरीरमा श्रद्धाञ्जली (तस्वीरहरू) – KhabarHost

विपिनको पार्थिव शरीरमा श्रद्धाञ्जली (तस्वीरहरू) – KhabarHost


तस्वीर आर्यन धिमाल



३ कात्तिक, काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीसहितका उच्च पदस्थहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सोमबार (आज) केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको शवमा अहिले श्रद्धाञ्जली अर्पणको कार्यक्रम चलिरहेको छ ।

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थल पुगेका छन् ।

उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् ।

विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो ।  उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More