― Advertisement ―

मार्वल प्रतिद्वन्द्वीले अब अन्ततः हामीलाई कालो बिरालोको रूपमा खेल्न दिन्छ, तर उनको डरलाग्दो आसनले मलाई उनको पीठको लागि चिन्तित बनाउँछ – ‘मलाई थाहा छ...

Seavel>Seavel> अन्ततः ब्ल्याक क्याटलाई ड्युलिस्टको रूपमा थप्छउनको चरित्र चयन पोजले यसको अप्ठ्यारो स्थितिको लागि हलचल पैदा गरेको छ केही खेलाडीहरूले सुझाव दिएका छन् कि...
HomeLatest newsविनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई दियो १५६ रनको लक्ष्य

विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई दियो १५६ रनको लक्ष्य


सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । जारी एनपीएलको यो उनको दोस्रो अर्धशतक हो ।

राष्ट्रिय

समाचार.

  • सुदूरपश्चिम रोएल्सले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ।
  • ओपनर विनोद भण्डारीले ५२ बलमा ६३ रन बनाएर अर्धशतक पूरा गरे।
  • सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको छ।

२३ मंसिर, काठमाडौं । ओपनर विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोएल्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । जारी एनपीएलको यो उनको दोस्रो अर्धशतक हो । विराटनगर विरुद्ध अर्धशतकपछि उनी सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा उक्लेका छन् । उनले ८ खेलबाट २६४ रन बनाएका छन् । पोखरा एभेन्जर्सबाट खेलेका इंग्लिस विकेटकिपर एडम रोसिङटनले लिगमा ७ खेलबाट एक शतकसहित सर्वाधिक ३२३ रन बनाएका छन् ।

यसै खेलबाट एनपीएलमा डेब्यु गरेका भारतका शेल्डन ज्याक्सनले २० रन जोडे । आरिफ शेखले पनि २० रन जोडे ।

यसै एनपीएलका अर्का डेब्युटान्ट मुख्तर अहमदले विनोदसँग ओपनिङ गरेका थिए । तर उनी १० रन बनाएर आउट भए ।

२१ रनमा पहिलो विकेट गुमाएको अवस्थामा विनोद र शेल्डन ज्याक्सनले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए ।

त्यसपछि विनोदले इशान पाण्डेसँग तेस्रो विकेटका लागि ३१ रनको साझेदारी गरे । साम हिजलेटको बलमा नरेन भट्टले बाउण्ड्री लाइनमा सानदार क्याच लिएपछि पाण्डे १३ रनमा आउट भएका थिए ।

त्यसपछि आएका कप्तान दीपेन्द्र सिंह ऐरी दुई रन लिने चक्करमा व्यक्तित ३ रनमै रनआउट भए । हर्मित सिंहले ११ बलमा १४ रन जोडे ।

एक छेउबाट लगातार विकेट जाँदा ओपनर विनोदले अर्को छेउबाट इनिङ्स सम्हालेका थिए । तर उनी ६३ रन बनाएर १९औं ओभरको अन्तिम बलमा आउट भए । विनोद र आरिफ शेखले छैटौं विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । आरिफ अन्तिम ओभरमा आउट भए ।

बलिङमा विराटनगरका लागि मर्चेन्ट डे लाङ र प्रतिश जिसीले २-२ तथा सूर्य तामाङ र साम हिजलेटले १-१ विकेट लिए । डे लाङले ४ ओभरमा २३ रन खर्चेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More