― Advertisement ―

मार्वलको वोल्भरिनमा एक्स-मेन अवस्थित छैन किनभने म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्, इन्सोम्नियाक भन्छन् – ‘हामी मानिसहरूलाई सम्झाउन चाहन्छौं कि म्युटेन्टको लागि अस्तित्व सुरक्षित छैन।...

Insomniac मा खेलहरू अवस्थित छन् भन्छन्। Marvel's Wolverine किनकि म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्कथा निर्देशक वाल्ट विलियम्स भन्छन् कि म्युटेन्टहरू बाहिरका हुन्, र लोगानको...
HomeLatest newsविदेशी खेलाडी लयमा देखिँदा काठमान्डु प्लेअफ‌ नजिक

विदेशी खेलाडी लयमा देखिँदा काठमान्डु प्लेअफ‌ नजिक


आइतबार काठमान्डुको जितमा चारजना विदेशी खेलाडीकै प्रदर्शन राम्रो रह्‍यो । उनीहरूकै लय राम्रो देखिँदा काठमान्डु गोर्खाजले लगातार तेस्रो अनि समग्रमा चौथो खेल जित्दै प्लेअफको नजिक पुगेको हो ।

राष्ट्रिय

समाचार.

  • काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटमा लगातार चौथो जित हासिल गरी प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ।
  • विदेशी खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले काठमान्डु गोर्खाजलाई कर्णाली याक्समाथि ५ विकेटले जित दिलाएको छ।
  • कर्णाली याक्सको प्लेअफ सम्भावना कमजोर हुँदै गएको छ र बाँकी खेल जित्नुपर्ने अवस्था आएको छ।

१४ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करणमा नेट रनरेटका कारण प्लेअफ पुग्नबाट वञ्चित भएको काठमान्डु गोर्खाज दोस्रो संस्करणमा भने नेटरनरेट पनि बलियो बनाएर प्लेअफको नजिक पुगेको छ ।

गत संस्करण नेट रनरेटमा पछाडि परेकाले यसपटक नेटरनरेटमा भर पर्ने अवस्था सिर्जना हुनै नदिने किसिमले काठमान्डु गोर्खाजले नेटरनरेटमा पनि ध्यान पुर्‍याउनुका साथै पर्याप्त जितकै साथमा प्लेअफमा पुग्ने सम्भावना बलियो देखिएको हो ।

विशेषगरी विदेशी खेलाडी लयमा देखिँदा काठमान्डु गोर्खाजले चौथो जित हासिल गरेर यस संस्करणको प्लेअफमा स्थान बनाउने लगभग निश्चित देखिएको हो । आइतबार भएको खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै काठमान्डु गोर्खाजले लगातार तेस्रो अनि समग्रमा चौथो जित हासिल गरेको हो ।

पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर विजयी सुरुवात गरेको काठमान्डु त्यसपछिका दुई खेलमा पराजित भयो । तर त्यसयता भने लगातार तेस्रो जित निकालेर प्लेअफ खेल्ने संकेत दिएको हो ।

आजको जितपछि काठमान्डुको ६ खेलमा ८ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा १ खेल मात्र जितेको कर्णालीको भने आजको हारपछि प्लेअफ सम्भावना थप कमजोर बनेको छ र अब आफूले बाँकी खेल जितेर अन्य नतिजामा पनि भर पर्नु पर्ने हुन्छ ।

विदेशी खेलाडीको लय

काठमान्डु गोर्खाजको जितमा विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने गरेको छ । उनीहरू पनि लयमा देखिँदा काठमान्डु गोर्खाजले लगातार तेस्रो खेल जित्दै प्लेअफको नजिक पुगेको हो ।

आइतबार काठमान्डुको जितमा चारजना विदेशी खेलाडीको प्रदर्शन राम्रो रह्‍यो । टस हारेर पहिले बलिङ गरेको काठमान्डुले कर्णालीलाई १४९ रनको योगफलमा रोकेको थियो ।

१५० रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रिएको काठमान्डुका लागि विदेशी खेलाडीले नै रन बनाए । आजको रन चेजमा विदेशी खेलाडीले नै शीर्ष भूमिका खेले भन्दा फरक पर्दैन । यसअघि पनि काठमान्डुका लागि विदेशी खेलाडीहरूको लय राम्रो देखिएको छ । जोन सिम्पसनले अघिल्लो खेलमा पनि अर्धशतकसहित ६० रन बनाएका थिए । आज पनि उनको ब्याट चल्यो ।

ओपनर बेन चार्ल्सवर्थले २१ बलमा २ चौका र ३ छक्कासहित ३४ रन बनाएर राम्रो सुरुवात दिलाए । त्यसपछि जेरार्ड एरासमसले ३३ बलमा २ चौका र २ छक्कासहित अविजित ४३ रनको पारी खेले ।

एरासमससँगै जोन सिम्पसनले २१ बलमा ४ चौका र २ छक्कासहित ४१ रन बनाएर साथ दिए । यी दुई मिलेर चौथो विकेटका लागि ८६ रनको साझेदारी बनाएका थिए ।

त्यसअघि मिलिन्द कुमारले १५ रन बनाए । उनी आउट हुँदा काठमान्डु ६३-३ को अवस्थामा थियो । त्यहाँबाट ८६ रनको साझेदारी बनेपछि जितका लागि १ रन आवश्यक हुँदा सिम्पसन आउट भएका थिए ।

काठमान्डुका लागि जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने शीर्ष ५ खेलाडीमध्ये ४ खेलाडी विदेशी नै छन् । जोन सिम्पसन, बेन चार्ल्सवर्थ र मिलिन्द कुमार सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् ।

आजको खेलपछि कुरा गर्दै जोन सिम्पसनले आजको जित टिमले डिजर्भ गर्ने बताए । ‘आजको जितले धेरै उत्साहित भएका छौं, १५० रन चुनौतीपूर्ण नै हुन सक्थ्यो तर एरासमसको साथले हामीले साझेदारी बनाउन सक्यौं  र जित हासिल गर्‍यौं’ उनले भने ।

जेरार्ड एरासमसले आज काठमान्डुका लागि सिजनको अन्तिम खेल खेलेका थिए । उनी अब यूएईमा आईएल टी-२० खेल्न जानेछन् । उनले जाँदाजाँदै टोलीलाई खेल जिताएर गएका छन् । उनी ‘प्लेयर अफ द म्याच’ समेत घोषित भए ।

एरासमसले खेलपछि कुरा गर्दै टोलीलाई जित दिलाउन पाएकामा खुसी व्यक्त गरे । ‘समर्थक र टिमका लागि खेल जिताउन पाउँदा धेरै खुसी लागेको छ, भाग्यशाली ठानेको छु जाँदाजाँदै राम्रो प्रदर्शन गरेर योगदान दिन पाएकोमा’ एरासमसले भने । उनले प्रतियोगिता छाडेर जाने मन नहुँदा नहुँदै पनि जानुपर्ने बाध्यता भएको र प्रतियोगिता आफूले मिस गर्ने बताए ।

काठमान्डुले विदेशी पेस बलरलाई भने अनुबन्ध गरेको छैन । काठमान्डुका ६ जना विदेशी खेलाडीमध्ये ३ जना ब्याटर हुन् भने ३ जना ब्याटिङसँगै पार्ट टाइम स्पीन गर्ने खेलाडी हुन् ।

लयमा देखिएका एरासमस टिममा नहुँदा केही चुनौती भने अब काठमान्डुलाई थपिने छ । उनको स्थानमा काठमान्डुले अर्को कोही ल्याउँछ वा भएकै खेलाडीलाई प्रयोग गर्छ त्यो भने हेर्न बाँकी छ ।

कर्णालीलाई कठिन

काठमान्डु गोर्खाजसँग आइतबार पराजित भएपछि कर्णाली याक्सको भने प्लेअफ सम्भावना कमजोर बन्दै गएको छ । आइतबारको खेलमा पनि ब्याटिङमा ठीकठाक प्रदर्शनका बाबजुद बलिङ र फिल्डिङमा फितलो प्रदर्शन हुँदा कर्णालीले खेल जित्न सकेन ।

कर्णालीका कप्तान सोमपालले ३ ओभरमा ३५ रन खर्चिए भने अर्का पेस बलर नन्दन यादवले ३ विकेट लिएपनि ४ ओभरमा ३५ रन खर्चे । पार्ट टाइम स्पीनर विलियम बोसिस्टोले ३ ओभरमा २८ रन खर्चिए ।

पेस बलर र पार्ट टाइम स्पीनरले नै अधिकांश रन खर्चिएपछि अन्य बलरहरू बढी दबाबमा परेका थिए । कर्णाली त्यसपछि खेलमा फर्कन सकेन ।

खेलपछि कुरा गर्दै कर्णालीका अलराउन्डर गुल्शन झाले राम्रो क्रिकेट खेल्दाखेल्दै पनि नतिजा टिमको पक्षमा नआएको बताए । ‘हामी राम्रो क्रिकेट खेलिरहेका छौं, तर हरेक ओभरमा सानो सानो मोमेन्टहरू लूज गरेका छौं त्यसकारण रिजल्ट हाम्रो फेभरमा आएको छैन’ उनले भने ।

गुल्शनले प्लेअफ छनोटबारे केही नसोचेको र म्याच बाइ म्याच सोचिरहेको बताए । ‘हामीले धेरै अगाडिको बारेमा त्यस्तो धेरै सोचेका छैनौं, अझै पनि २ खेल बाँकी छ हामी दुवै खेल जित्ने छौं’ गुल्शनले थपे ।

कर्णालीले यसअघि विराटनगर किङ्ससँग अन्तिम ओभरमा पुगेर हार बेहोरेको थियो । त्यसबेला पनि बलिङ र फिल्डिङ फितलो देखिएको थियो  । गुल्शनले उक्त खेल हार्‍यौं भनेर अझै विश्वास नलागेको बताए ।

‘त्यो त हार्ने म्याच नै थिएन, टी-२० क्रिकेटमा जस्तो नतिजा पनि हुनसक्छ। त्यो खेल हार्न नहुने खेल थियो, तर सबै खेल महत्वपूर्ण नै हुन्छ । हामीले थोरै थोरै मोमेन्टहरूमा मिसआउट गरिरहेका छौं’ गुल्शनले उक्त खेल सम्झँदै भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More