― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsलालीगुराँस र चित्लाङ एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा

लालीगुराँस र चित्लाङ एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा


राष्ट्रिय

समाचार.

  • लालीगुराँस स्पोर्ट्स एसोसिएसन र चित्लाङ फुटबल क्लब एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेका छन्।
  • लालीगुराँसले काँक्रेविहार युथ क्लबलाई २–० ले हराएको थियो भने चित्लाङले नव जनजागृति युवा क्लबलाई ९–८ ले सडनडेथमा हराएको थियो।
  • फाइनल २ मंसिरमा हुनेछ र विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन्।

३० कात्तिक, काठमाडौं । लालीगुराँस स्पोर्ट्स एसोसिएसन र चित्लाङ फुटबल क्लब एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको सेमिफाइनलमा लालीगुराँसले काँक्रेविहार युथ क्लबलाई २–० ले हरायो । विजयी टोलीका मुकुन्द कुमार निउरे र राम थापाले गोल गरे । निउरे प्लेयर अफ द म्याच घोषित भए ।

अर्को सेमिफाइनलमा चित्लाङले नव जनजागृति युवा क्लबलाई सडनडेथमा ९–८ ले हरायो । निर्धारित समय गोलरहित बराबरीमा सकिएको सो खेलको पहिलो ५ पेनाल्टी सुट आउटमा ४–४ को बराबरी भएको हो ।

नव जनजागृतिको १० औ पेनाल्टी असफल भएको थियो भने चित्लाङले सफलता पाएको थियो । चित्लाङका गोल रक्षक विशाल केसी प्लेयर अफ द म्याच घोषित भए ।

उपाधि भिडन्त २ मंसिरमा हुने छ । उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

सेमिफाइनल प्रवेश गर्ने ४ टोली राष्ट्रिय लिगमा प्रवेश गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More