― Advertisement ―

Exit 8 निर्देशक गेन्की कावामुराले प्यारासाइटको बोङ जुन होबाट सिकेको डरलाग्दो फिल्म निर्माण प्रविधि प्रकट गर्दछ।

निम्न लेखमा Exit 8 का लागि माइल्ड स्पोइलरहरू छन्।एग्जिट ८ <a data-analytics-id="inline-link" href="https://www.techradar.com/streaming/entertainment/new-movies" मध्ये एक हो data-url="https://www.techradar.com/streaming/entertainment/new-movies-2026-guide" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/streaming/entertainment/2026 movie अहिले...
HomeLatest newsलन्डनस्थित नेपाली दूतावासमा पहिलोपटक आयोजना भयो ध्यान शिविर

लन्डनस्थित नेपाली दूतावासमा पहिलोपटक आयोजना भयो ध्यान शिविर



लन्डन । दोश्रो विश्व ध्यान दिवसका अवसरमा आइतबार लन्डनस्थित नेपाली दूतावासमा ध्यान शिविर आयोजना गरिएको छ। दूतावासमा यस्तो शिविर पहिलोपटक गरिएको हो ।

जीवन विज्ञान यूकेसँगको सहकार्यमा दूतावासद्वारा आयोजित ध्यान शिविर सञ्चालन गर्दै जीवन विज्ञान यूकेकी प्रशिक्षक सरिता शर्माले मन र चित्तलाई शान्त पार्दै आफूतर्फ फर्कने अभ्यास नै ध्यान भएको बताइन् ।

‘दैनिक जीवनको भागदौडमा हाम्रो चित्त बाहिरतिर गैरहेको हुन्छ। शरीर, मन, भावना र चेतनालाई एक ठाउँमा नल्याउँदासम्म हामी शान्त हुन सक्दैनौं। आफूभित्र स्व–केन्द्रमा फर्केर मात्र खुसी, शान्ति, आनन्द र तृप्तिको अनुभूति गर्न सक्छौं’, उनले भनिन् ।

प्रशिक्षक शर्माले कामदार पठाउने मुलुकको रुपमा नेपालको पहिचान बनिरहेका बेला गुरुदेवद्वय एलपी भानु शर्मा र रमेश नेपालको नेतृत्वमा जीवन विज्ञानको माध्यमबाट विश्वलाई योग र ध्यानको खजाना दिन सक्ने मुलुकको रुपमा नेपालको पहिचान बनाउने काम भइरहेको जनाइन् ।

उनले जीवन विज्ञान यूकेद्वारा हरेक दिन बिहान भर्चुएल माध्यमबाट सञ्चालन भइरहेको योग, प्राणायाम र ध्यान कक्षामा जोडिएर लाभान्वित हुन सबैलाई आग्रह पनि गरिन् ।

ध्यान सत्रलाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले तन र मन स्वस्थ र सन्तुलित राख्न र जीवनको अर्थ खोज्न योग र ध्यान अत्यावश्यक भएको जनाए । उनले २१ डिसेम्बरका दिन विश्व ध्यान दिवस घोषणा गर्न प्रस्ताव गर्ने मुलुकहरुमध्ये नेपाल पनि एक रहेको स्मरण गर्दै नेपालले योग र ध्यानको माध्यमबाट विश्वलाई नै योगदान दिन सक्ने बताए ।

‘दूतावासमा हामीहरु समयको चापकाबीच काम गरिरहेका हुन्छौं। त्यसैले शरीर र मन दुवैलाई सन्तुलनमा राख्नका लागि उपयोगी ध्यानका विधिहरु सिक्न हामी लालायित छौं’, उनले भने । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्न दूतावास तत्पर रहेको बताए ।

कार्यक्रममा प्रशिक्षक सरिता शर्माले जीवन विज्ञानको अवधारणा र जीवन विज्ञान यूकेले गरिरहेका कामहरुबारे जानकारी गराउंदै नृत्यसहित हाँस्दै, रमाउंदै स्वजागरण ध्यान विधि (नृत्य, नमस्कार प्राणायाम, हास्य प्राणायाम, बीज प्राणायाम र ध्यान) सिकाएकी थिइन् ।

ध्यान सत्रमा जीवन विज्ञान यूकेका ट्रष्टीहरु प्रेम खड्का, तुलसी पौडेल लगायत टाढाबाट आएका करिब ४० जना साधकहरु सहभागी भएका थिए ।





Read More