― Advertisement ―

उत्तर कोरियाको लाजरसले धोखाधडी लेनदेन प्रयोग गरेर कोषहरू लुटेपछि केल्प DAO हिस्टमा $ 290M क्रिप्टोको साथ बन्द गर्यो।

LazaryZer Group मा Laazarus explore Kelp DAOआक्रमणकारीहरूले क्रस-चेन लेनदेनहरू प्रमाणित गर्ने सर्भरहरू सम्झौता गरे, नक्कली स्थानान्तरणहरू अनुमोदन गर्न गलत डाटा फिडिङलेयरजीरो र केल्प DAO...
Homeरोमाञ्चक खेलमा नेपाल बंगलादेशसँग पराजित – KhabarHost

रोमाञ्चक खेलमा नेपाल बंगलादेशसँग पराजित – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालले बंगलादेशसँग काभा कप पुरुष भलिबलको दोस्रो खेलमा ३-२ को सेटमा पराजित भयो।
  • पाँचौं सेटमा नेपालले १४-१३ को अग्रता बनाएको थियो तर अन्त्यमा बंगलादेशले १६-१४ ले खेल जित्यो।
  • तुर्कमेनिस्तानले लगातार दुई खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा पुगेको छ।

६ कात्तिक, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबल (काभा कप फर मेन) को आफ्नो दोस्रो खेलमा घरेलु टोलीसँग पराजित भएको छ ।

ढाकास्थित इन्डोर हलमा बिहीबार भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भयो ।

सुरुवाती तीन सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । जहाँ घरेलु टोली बंगलादेशले पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनाएको थियो । तर नेपाल खेलमा फर्कियो । प्रतिस्पर्धात्मक तेस्रो सेट नेपाल २५-२३ ले आफ्नो पक्षमा पार्दै पुनरागमन गरेको थियो ।

त्यसपछि नेपालले चौथो सेट २५-१६ ले सहजै आफ्नो पक्षमा पार्दै खेल पाँचौ सेटसम्म पुर्‍यायो ।

पाँचौ तथा निर्णायक सेटमा बंगलादेशले सुरुवात देखि नै अग्रता बनाएको थियो ।  नेपालले पुनरागमन गर्दै अन्त्यतिर अग्रता पनि बनाएको थियो । १४-१३ को अवस्थामा नेपाल सेट प्वाइन्ट नजिक थियो । तर एक अंक जोड्न सकेन । बंगलादेशले लगातार तीन अंक जोडेर टाईब्रेकमा पाँचौ सेट १६-१४ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

बंगलादेशले लगातार दुई खेल जित्दै ५ अंक जोडेको छ । लगातार दुई खेलमा पराजित भएपनि नेपालले १ अंक जोडेको छ ।

आजै भएको खेलमा तुर्कमेनिस्तानले श्रीलंकालाई तथा अफगानिस्तानले माल्दिभ्सलाई पराजित गरेको छ ।

तुर्कमेनिस्तान लगातार दुई खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More