― Advertisement ―

नयाँ नियामक प्रस्तावहरू पछ्याउँदै टर्कीमा प्रोटोन VPN प्रयोग स्पाइक

Turkeys प्रि-लिसिङ सिस्टम र VNP पार गर्दै हिंसात्मक सामग्रीमा नाबालिगहरूको पहुँचलाई प्रतिबन्धित गर्न मोबाइल "चाइल्ड लाइन"।सान्लिउर्फा र कहरामनमारासमा लगातार विद्यालय आक्रमणहरूपछि नियामक सुधार।प्रोटोन VPN...
Homeहमासले बन्धक बनाएको थाई नागरिकको शव स्वदेश ल्याइयो

हमासले बन्धक बनाएको थाई नागरिकको शव स्वदेश ल्याइयो


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका थाइ कृषि मजदुर सोन्थाया ओक्खराश्रीको शव थाइल्यान्ड फिर्ता पठाइएको छ।
  • इजरायल र हमासबीचको युद्धविराम सम्झौताअन्तर्गत हमासले २० जीवित बन्धक र १५ मारिएका थाइ नागरिकलाई फिर्ता गरेको छ।
  • थाइल्यान्ड सरकारले सोन्थायाको परिवारलाई ५४ हजार डलरसम्म क्षतिपूर्ति दिने र शवलाई बौद्ध परम्पराअनुसार अन्त्येष्टिका लागि पठाउने जनाएको छ।

६ कात्तिक, बैङ्कक । सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका र गाजामा हमासद्वारा कब्जा गरिएका थाई कृषि मजदुरको शव बिहीबार थाइल्यान्ड फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन्।

इजरायल र हमासबीच भएको युद्धविरामको सम्झौताका क्रममा सोन्थाया ओक्खराश्रीको अवशेष बिहीबार साँझ तेल अभिभबाट बैङ्ककको सुवर्णभूमि विमानस्थलमा आइपुगेको छ ।

इजरायली अधिकारीहरूले सोन्थायाको शव प्राप्त यसै हप्ता प्राप्त गरेको र औपचारिक रूपमा उनको पहिचान भएको बताएका छन् ।

युद्धविराम सम्झौता अन्तर्गत हमासले अन्तिम २० जीवित बन्धकहरूलाई फिर्ता गरेको छ र अहिलेसम्म मारिएका अन्य २८ मध्ये १५ जनालाई रिहा गरेको छ।

थाइल्यान्डको श्रम मन्त्रालयका अनुसार इजरायलमा करिब ३० हजार थाई नागरिक कृषि क्षेत्रमा काम गर्छन् ।

सोन्थाया ३० वर्षका थिए र उनी बेरी किबुत्जमा काम गर्थे । उनको सन् २०२३ मा इजरायलमा भएको आक्रमणमा मृत्यु भएको थियो तर उनको लास आक्रमणकारी हमासले लगेका थिए ।

थाइल्यान्डका श्रम मन्त्री ट्रिनुच थिएन्थोङ र थाइल्यान्डका लागि इजरायलका राजदूत अलोना फिसर–कामले बिहीबार विमानस्थलमा सोन्थायाको पार्थिव शरीरलाई स्वदेश फर्काउन माल्यार्पण गरेका थिए ।

सोन्थायाकी आमाले स्थानीय सञ्चारमाध्यमसँग भनिन्, ‘छोराको मृत्युले मलाई स्तब्ध बनाएको छ । छोराको शव उत्तरी नोङ बुआ लाम्फू प्रान्तमा रहेको गृहनगर फर्काइएकाे छ । यसका लागि आभारी छु।’

उनको शवलाई बौद्ध परम्परा अनुसार अन्त्येष्टिका लागि पठाइने र थाई सरकारले उनको परिवारलाई ५४ हजार डलरसम्मको क्षतिपूर्ति प्रदान गर्ने स्थानीय अनलाइन पत्रिका थाइरथले जनाएको छ ।

थाई विदेश मन्त्रालयले बिहीबार एएफपीलाई दिएको जानकारीअनुसार दुई वर्षदेखि जारी द्वन्द्वमा ४७ थाई नागरिकको मृत्यु भएको छ ।

युद्ध सुरु भएयता गाजामा कम्तीमा ६८ हजार २ सय ३४ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हमासको सन् २०२३ को आक्रमणमा एक हजार २ सय २१ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण नागरिक थिए । एएफपी

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More