― Advertisement ―

सावधान, ह्याकरहरूले मालवेयर वितरण गर्न, पैसा र डाटा चोरी गर्न एप्पल खाता सूचनाहरूको दुरुपयोग गर्दैछन्

Scammers'ph डोमेनमा कलब्याक प्रयोग गरी ईमेल पठाउनुहोस् सन्देशहरूप्रविधिले नक्कली खरिद अलर्टहरू इम्बेड गर्न Apple ID सिर्जना क्षेत्रहरू प्रयोग गर्छपीडितहरू कलिङ स्क्यामरहरू, जसले त्यसपछि संवेदनशील...
HomeLatest newsरुपन्देही-२ मा एमालेको ९०१ सदस्यीय निर्वाचन परिचालन समिति

रुपन्देही-२ मा एमालेको ९०१ सदस्यीय निर्वाचन परिचालन समिति



९ माघ, बुटवल । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले रुपन्देही-२ मा ९०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

प्रदेश सांसद एवं पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा नेता राजु गुरुङ, सदस्य सचिव क्षेत्रीय कमिटी संयोजक ऋषिरम पाण्डे र आर्थिक परिचालन समितिको संयोजकमा समानुपातिक उम्मेदवार एजाज आलम रहेका छन् ।

शुक्रबार नै एमालेले रुपन्देही-२ का निर्वाचन परिचालन कार्यालय समेत उद्घाटन गरेको छ ।

निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीमा भौतिक पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना सहित सामाजिक र मानवीय विकास आफ्नो प्रमुख प्राथमिकता रहने बताए ।

उनले रुपन्देहीको भौतिक पूर्वाधार विकास देशका लागि सिकाइको नमुना बनेको उल्लेख गर्दै अब नागरिकको आयस्तर वृद्धि हुने खालका योजना कार्यान्वयनमा आफू प्रतिबद्ध भएर लाग्ने बताए  ।

पौडेलले आफूलाई मत नदिनुपर्ने कुनै कारण नरहेको भन्दै मतदातालाई अहिलेसम्म गरेका कामको निष्पक्ष मूल्यांकन गरेर मत दिन आग्रह गरे ।





Read More