― Advertisement ―

‘केही सृजनात्मक जागिरहरू हराउनेछन्, तर सायद तिनीहरू त्यहाँ पहिलो स्थानमा हुनुहुँदैन थियो’ – पूर्व ओपनएआई सीटीओ मीरा मुराती द्वारा दिनको उद्धरण

मेसिनले एक दिन कार्यस्थलमा मानिसको स्थान लिनेछन् भन्ने भविष्यवाणी दशकौंदेखि गरिएको छ। तर त्यहाँ एक बढ्दो अनुभूति छ कि, जेनेरेटिभ एआईले केही हदसम्म मानवीय...
HomeLatest newsराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई वैकल्पिक परीक्षाको व्यवस्था गर्न माग

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई वैकल्पिक परीक्षाको व्यवस्था गर्न माग



१९ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई विशेष अवस्थामा वैकल्पिक परिक्षा व्यवस्था गरिदिन युवा तथा खेलकुद मन्त्रीसमक्ष माग राखेका छन् ।

पारा ब्याडमिन्टन खेलाडीले अधिकारीले मंगलबार सिंहदरवारस्थित मन्त्रालयको कार्यलयमा मन्त्री बब्लु गुप्ता समक्ष त्यसका लागि निवेदन बुझाएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र विभिन्न बन्द प्रशिक्षणमा रहँदा महत्वपूर्ण परिक्षा गुमाउनुपर्ने र शैक्षिक भविष्य अन्धकारतिर धकेलिने भएको र सम्बन्धित निकायले वैकल्पिक परिक्षा प्रणालीको व्यवस्थापन नगरिएको हुँदा त्यो समस्या समाधान गरिदिन अधिकारीले मन्त्री समक्ष आग्रह गरेका छन् ।





Read More