― Advertisement ―

Insomniac ले मार्वलको Wolverine ‘डिस्कमा पूर्ण रूपमा खेल्न योग्य’ बक्स बाहिरको पुष्टि गर्दछ – सोनीले राम्रोका लागि भौतिक खेल उत्पादन समाप्त गर्नुभन्दा केही महिना...

आफ्नै तरिकाले खेल्न सकिने छ डिस्कInsomniac Games ले खेलाडीहरूलाई पहिलो दिनको प्याच डाउनलोड गर्न प्रोत्साहित गर्छ भन्छ जब यो आइपुग्छसोनीले डिस्क बनाउन छोड्ने आफ्नो...
Homeराष्ट्रिय समाचारप्रतितोला ११ सय रुपैयाँ घट्यो सुन – KhabarHost

प्रतितोला ११ सय रुपैयाँ घट्यो सुन – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ दुई दिनमा २५ सय रुपैयाँ घटेर असोज ३१ गतेको रेकर्ड मूल्य २ लाख ५८ हजार रुपैयाँबाट घटेको छ।
  • चाँदीको भाउ पनि बुधबार २५ रुपैयाँ घटेर २९९० रुपैयाँ प्रतितोला पुगेको छ।

१९ कात्तिक, काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो । अघिल्लो दिन पनि सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको थियो ।

दुई दिनमा सुनको भाउ २५ सय घटेको छ । त्यस्तै रेकर्ड मूल्यबाट सुनको भाउ तोलामा २० हजार ८ सय रुपैयाँ घटिसकेको छ । असोज ३१ गते सुनको भाउले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

चाँदीको भाउ पनि बुधबार २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३०१५ रुपैयाँ रहेको चाँदी आज २९९० रुपैयाँमा झरेको छ । चाँदी रेकर्ड मूल्यबाट तोलामा ३६० रुपैयाँ घटेको छ । असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको थियो ।





Read More