― Advertisement ―

HomeLatest newsराजु परियार, शान्ति भण्डारी टेक्सासको ‘लाइभ दोहोरी नाइट’ मा गुञ्जिने

राजु परियार, शान्ति भण्डारी टेक्सासको ‘लाइभ दोहोरी नाइट’ मा गुञ्जिने


राष्ट्रिय

समाचार.

  • लोकदोहोरी गायक राजु परियार, गायिका शान्ति भण्डारी र गायक चन्द्र शर्मा १६ जनवरी टेक्सासको इर्भिङमा ‘लाइभ दोहोरी नाइट’ मा प्रस्तुति दिने भएका छन्।
  • कार्यक्रम ‘युएसए टूर बाई कोसेली कोलोराडो’ अन्तर्गत चहलपहल प्रोडक्सनले प्रस्तुत गर्न लागेको छ र लोकदोहोरी संरक्षण र प्रवर्धन गर्ने उद्देश्य राखिएको छ।
  • गायिका शान्ति भण्डारीले मेरिल्याण्ड, भर्जिनिया र वासिङ्टनमा समेत आगामी फेब्रुअरीमा कार्यक्रम हुने जानकारी दिइन्।

चर्चित लोकदोहोरी गायक राजु परियार, गायिका शान्ति भण्डारी र गायक चन्द्र शर्मा अमेरिकाको टेक्सासस्थित इर्भिङमा गुञ्जिने भएका छन् ।

१६ जनवरीको शुक्रबार साँझ ७ बजेदेखि त्यहाँस्थित भेटघाट रेस्टुरेन्टमा हुने ‘लाइभ दोहोरी नाइट’ मा यी लोकप्रिय कलाकारले सांगीतिक प्रस्तुति दिने तय भएको छ ।

‘युएसए टूर बाई कोसेली कोलोराडो’ अन्तर्गत हुने उक्त कार्यक्रमलाई चहलपहल प्रोडक्सनले प्रस्तुत गर्न लागेको हो ।

नेपाली लोकदोहोरी गीत-संगीतको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले हुन लागेको कार्यक्रममा दर्शकले प्रत्यक्ष दोहोरी, रमाइलो संवाद र सांस्कृतिक माहोलको अनुभव लिन पाउने जनाइएको छ ।

मेरिल्याण्डमा १ फेब्रुअरीमा कार्यक्रम हुने तय भएको गायिका तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास मेरिल्याण्डकी अध्यक्ष समेत रहेकी भण्डारीले जानकारी दिइन् । उनका अनुसार भर्जिनियामा समेत फेब्रुअरीमा कलाकार गुञ्जिने तय भएको छ ।

वासिङ्टनसहितका अन्य केही थलोमा समेत चाँडै कार्यक्रम हुने जनाइएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More