― Advertisement ―

5-तारे Epson EcoTank ET-8550 फोटो प्रिन्टरमा २०% सम्म बचत गर्नुहोस्

Epson को EcoTank दायराले हाम्रो वरिष्ठ प्रिन्टरको परीक्षणको क्रममा निरन्तर प्रभाव पारेको छ। र फोटोग्राफीको लागि, स्ट्यान्ड-आउट मोडेल Epson EcoTank ET-8550, अब $...
HomeLatest newsराजनीति होस् या सांस्कृतिक फाँट, युवा नै अघि सर्नुपर्छ : प्रधानमन्त्री –...

राजनीति होस् या सांस्कृतिक फाँट, युवा नै अघि सर्नुपर्छ : प्रधानमन्त्री – KhabarHost



१७ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई पनि मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेका छन् ।

आज नेपाल मगर संघको एक प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा राखेकी हुन् ।

संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको अध्यक्षतामा आएको टोलीले प्रधानमन्त्री कार्कीलाई आउँदो माघे संक्रान्तिमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन निम्ता पनि दिएको छ ।

निमन्त्रणा प्रदान गर्न टोली आफ्नो परम्पराअनुसार सगुनसहित बालुवाटार आएको थियो ।

सांस्कृतिक पहिचान झल्किने गरी परम्परागत पोशाकमा आएको टोलीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले भने, ‘अब राजनीति होस् या सांस्कृतिक फाँटमा किन नहोस्, युवालाई नै अघि सार्नुपर्छ । विविध मौलिक परम्परा र संस्कृति हाम्रा अमूल्य निधि हुन् । तिनको जगेर्ना गर्दै नयाँ पिँढीलाई हस्तान्तरण गर्दै जानुपर्छ ।’

टोलीमा संघका पदाधिकारी, कलाकार तथा जेनजी अभियन्ताहरु पनि सहभागी थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More