― Advertisement ―

LG C5 हाम्रो शीर्ष-मूल्याङ्कन गरिएको टिभी हो र Amazon को सबैभन्दा धेरै बिक्रि हुने OLED डिस्प्ले हो — 42-इन्च मोडेल मात्र $999 मा पाउनुहोस्

यदि तपाईंले Amazon मा सबैभन्दा बढी बिक्रि हुने OLED टिभी, तपाईले <a-link" डेटा-लाइनमा फेला पार्नुहुनेछ। href="https://www.techradar.com/tag/lg" data-auto-tag-linker="true" data-url="https://www.techradar.com/tag/lg" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://s.dar.g. 42-इन्च C5 OLED...
HomeLatest newsयुनिभर्सल मेडिकल कलेजका नर्स सातौं दिन पनि आन्दोलनमा

युनिभर्सल मेडिकल कलेजका नर्स सातौं दिन पनि आन्दोलनमा



८ कात्तिक, बुटवल । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसज शिक्षण अस्पताल भैरहवामा कार्यरत नर्सहरू सरकारले तोकेको पारिश्रमिक पाउनुपर्ने माग गर्दै आज सातौं दिन पनि आन्दोलनमा छन् ।

सरकारले तोकेको भन्दा अति न्यून पारिश्रमिक पाएका उनीहरुले तलब वृद्धिको माग गर्दै कात्तिक २ गतेदेखि आन्दोलनमा छन् । नर्सहरुले ‘श्रम शोषण बन्द गर’, ‘महँगो अस्पताल सस्तो नर्स’,‘नर्सको सम्मान र अधिकार खै’ लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका छन् ।

नेपाल सरकारले २०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा-सुविधा सरकारीसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो । सरकारी मापदण्डअनुसार नर्सको न्यूनतम पाँचौं तहको तलब ३४ हजार ७३० रूपैयाँ र वरिष्ठ पाचौं तहको ३७ हजार ७४३ रुपैयाँ तोकिएको छ ।

अस्पतालले भने १३ हजारदेखि १५ हजारसम्म मात्रै बेसिक तलब दिने गरेको नर्सहरुले गुनासो गरेका छन् । अस्पतालले स्टाफ नर्सको रुपमा तोकेर राखेकाले स्टाफ नर्सलाई सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने नर्सहरुको माग छ ।

‘हामीलाई अत्यन्तै श्रम शोषण गरिएको छ, तर अस्पतालका मालिकले राम्रो आमदानी गरेर अन्यत्र पनि मेडिकल कलेज थप्दै गएका छन्’, एक नर्सले भनिन्, ‘आफ्ना कर्मचारीलाई सरकारले तोकेको तलब दिनुपर्छ, नदिएसम्म आन्दोलन जारी रहन्छ ।’ यो अस्पतालमा दुई सय बढी नर्स र प्यारामेडिक्स आन्दोलनमा उत्रिएका छन् ।

नर्सहरुले असोज ३१ गते मागपत्र बुझाएका थिए । अस्पतालले एकपटक वार्तामा बोलाएको तर माग पूरा गर्न नसिकने ठाडो जवाफ दिएपछि कात्तिक २ गतेदेखि आन्दोलनमा उत्रिएका हुन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More