― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsयी हुन् कांग्रेसमा सुदूरपश्चिम प्रदेशबाट समानुपातिक सांसदका लागि पेस भएकाहरू

यी हुन् कांग्रेसमा सुदूरपश्चिम प्रदेशबाट समानुपातिक सांसदका लागि पेस भएकाहरू


राष्ट्रिय

समाचार.

  • फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ बन्दसूची बुझाउने अन्तिम दिन १४ पुसमा परेको छ।
  • नेपाली कांग्रेसले सातै प्रदेशबाट पेस भएका समानुपातिकतर्फका नामहरू केन्द्रीय कार्यसम्पादन समितिबाट अनुमोदन गराइसकेको छ।
  • सुदूरपश्चिम प्रदेशबाट कांग्रेसले खस आर्य, दलित र थारु जातिका पुरुष र महिलाका गरी ११ जनाको नाम पेस गरेको छ।

१४ पुस, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि आज समानुपातिकतर्पको बन्दसूची बुझाउने अन्तिम दिन हो । त्यसका लागि केही दलहरू निर्वाचन आयोग पुगेर बन्दसूची बुझाइरहेका छन् भने केही दल भने अझै नाम टुंगो लगाउन नसक्दा छलफलमै छन् ।

यस्तै नेपाली कांग्रेसले पनि अझै नाम टुंगो लगाउन सकेको छैन। कांग्रेसले सातै प्रदेशबाट पेस भएका नामहरू केन्द्रीय कार्यसम्पादन समितिबाट अनुमोदन भइसकेको छ । कांग्रेसमा सुदूरपश्चिमबाट ११ जनाको नाम पेस भएको छ ।

यी हुन् सुदूरपश्चिमबाट पेस भएको समानुपातिकतर्फको सूची
खस आर्य पुरुष –
१) करवीर कार्की – दार्चुला
२) यज्ञनिधि कोइराला – कैलाली
३) दिपेन्द्र बम – बैतडी

खस आर्य महिला
१) विध्या तिमल्सिना- बाजुरा (पिछडिएको क्षेत्र)
२) शान्ति पुजारा – बझाङ
३ प्रसिस महरा – डोटी
४) कल्पना केसी – कञ्चनपुर

दलित पुरुष
१) टेकबहादुर बिक – अछाम

दलित महिला
१) हरिना कामी – डडेल्धुरा

थारु पुरुष
१) तौला राना – कञ्चनपुर

थारु महिला
१) रिता चौधरी – कैलाली

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More