― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest newsआयोगमा पुगेर उज्यालो पार्टीका नेताले भने- भोलिबारे थाहा छैन, आज एक्लै अघि...

आयोगमा पुगेर उज्यालो पार्टीका नेताले भने- भोलिबारे थाहा छैन, आज एक्लै अघि बढ्यौं



१४ पुस, काठमाडौं । उज्यालो पार्टी नेपालले विभिन्न पक्षसँग एकताको संवाद भइरहेको भए पनि आफूहरूले निर्वाचनका आवश्यक तयारी पनि सँगसँगै अघि बढाएको बताएको छ ।

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्न पुगेका सो पार्टीका नेता प्रविण तामाङले अस्तित्वसहित आफ्नो पार्टी देशैभर संगठन निर्माणमा जुटेको दाबी गरे ।

‘हाम्रो आफ्नो अस्तित्वसहितको हाम्रो पार्टी हो । हाम्रो पार्टीको आफ्नै खालको तयारी छ । देशैभरी आफ्नो संगठन विस्तार भइसकेको छ,’ उनले आयोग परिसरमा सञ्चारकर्मीसँग भने, ‘देशैभर हाम्रो निर्वाचन क्षेत्रमा हाम्रो उम्मेदवारी तयार भइसकेको छ । आफ्नो तयारीलाई यहाँ पेश गर्ने हो ।’

लगत्तै उनलाई ‘एक्लै लड्छ चुनाव अब यो पार्टी ?’ भनेर सञ्चारकर्मीले सोधेका थिए ।

‘भोलि के हुन्छ थाहा छैन । तर एक्लैको तयारी हो,’ तामाङले भने ।

साथै, उनले सहमति र छलफलको कुरा प्रक्रियामा रहेको बताउँदै देशको हितका लागि अघि बढेका शक्तिसँग संवाद भइरहेको बताए ।

‘सहमति र छलफलको कुरा आफ्नो प्रक्रियामा छ । अहिले पनि उज्यालो पार्टी नेपाल देश बनाउनका लागि मिलेर जान तयार छ । तर आफ्नो तयारी हामीले अघि बढाएका छौं,’ उनले भने, ‘देशमा भएका मुलुकमा परिवर्तन चाहनेसँग सबैसँग हाम्रो तयारी छ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More