― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
HomeLatest newsयस्ता छन् केन्द्रीय सुरक्षा समितिका निर्णयहरू – KhabarHost

यस्ता छन् केन्द्रीय सुरक्षा समितिका निर्णयहरू – KhabarHost



२० पुस, काठमाडौँ । आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सुरक्षादेखि तराईका जिल्लाहरूमा भइरहेका हिंसात्मक धार्मिक गतिविधिबारे छलफल भएको थियो ।

गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव आनज्द काफ्लेका अनुसार बैठकले निर्वाचनको सम्बन्धमा सुरक्षा निकायहरूले गरेका अन्तिम तयारीबारे जानकारी लिने निर्णय गरेको छ ।

‘विभिन्न धार्मिक समुदायहरू र एक अर्काका धर्मबीच लक्षित गरेर सामाजिक सञ्जालमा गलत र भ्रामक टिप्पणी गर्ने, अर्काको धर्ममा खलल पुर्‍याएका घटनाहरू भएकोमा यसमा विशेष रूपमा छलफल केन्द्रित रह्यो,’ उनले भने, ‘यस्तै, जिल्लाहरूमा देखिएका केही धार्मिक सहिष्णुतामा खलल पुर्‍याउन खोज्ने व्यक्ति वा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउने निर्णय भएको छ । स्थानीय प्रशासनहरूले समन्वयात्मक भूमिका खेल्दै स्थितिलाई थप बिग्रन नदिन भूमिका खेल्ने, प्रदेश र स्थानीय सरकारहरूलाई पनि यस्तै समन्वयात्मक भूमिकाका लागि अनुरोध गर्ने निर्णय भएको छ ।’

त्यस्तै उनले धार्मिक गतिविधिबारे विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालमा मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग र सुरक्षा निकायसहितको बैठक बस्ने निर्णय भएको जानकारी दिए ।

जेनजी आन्दोलनपछि फरार रहेका कैदी बन्दीहरूको पक्राउ गर्ने अभियानलाई प्राथमिकता दिँदै सुरक्षा निकायले विशेष अपरेशन चलाउने निर्णय पनि आजको बैठकले गरेको उनको भनाइ छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More