― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsजाँचबुझ आयोगले गुण्डु पुगेर ओलीसँग लियो ‘लिखित स्टेटमेन्ट’

जाँचबुझ आयोगले गुण्डु पुगेर ओलीसँग लियो ‘लिखित स्टेटमेन्ट’



२० पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष आफ्नो भनाइ राखेका छन् । जाँचबुझ आयोग सम्बद्ध स्रोतले ओलीले आयोगमा ‘आफ्नो स्टेटमेन्ट दिएको’ पुष्टि गरेको छ ।

‘आयोगको टोलीले उहाँलाई पत्र काटेको थियो । पत्र बुझ्नासाथ उहाँ आफ्नो भनाई राख्न तयार हुनुभयो’ आयोगसम्बद्ध स्रोतले भन्यो, ‘त्यसपछि आयोगको टोली उहाँको स्टेटमेन्ट लिएर फर्किएको हो ।

आयोगसम्वद्ध स्रोतका अनुसार, ‘ओली निकटका व्यक्तिहरूको संकेतअनुसार नै आयोगको टोली पत्र लिएर ओलीलाई भेट्न गएको थियो । त्यहाँ ओलीले मौखिक रुपमा नभई लिखित रुपमा नै आफ्नो दृष्टिकोण र जवाफ पेस गरेका थिए ।

जाँचबुझ आयोगमाथि प्रश्न उठाउदै पूर्वप्रधानमन्त्री ओली सिंहदरबारमा पुगेर बयान दिन अस्वीकार गरेका थिए । तर पछिल्लो समय आफ्नो भनाइ फेर्दै ओलीले गुण्डुमा आए आयोगको टोलीलाई चिया खुवाएर पठाउने धारणा राखेका थिए ।

आयोगका पदाधिकारीहरु बयानमा गएका व्यक्ति, त्यसक्रममा सोधिएको प्रश्न र जवाफबारे विस्तृत रुपमा बताउन चाहँदैनन् । निकै गोप्य रुपमा पत्र तयार गर्नुका साथै आयोगको टोली ओलीसँग भेट्न गएको थियो ।

‘सबैको बयान र संकलित विवरणअनुसार ६० वटाभन्दा बढी प्रश्नहरू तयार भएका थिए’ आयोगसम्बद्ध स्रोतले भन्यो, ‘तिनै प्रश्नमा केन्द्रित भएर जवाफ लेखेको हुनुपर्छ । हामी साथीहरू ‘स्टेटमेन्ट लिएर फर्कियौं’ भन्दै हुनुहुन्छ ।’





Read More