― Advertisement ―

Crunchyroll BMW र Mini Vehicles मा 40 अन्य ब्रान्डहरू पछ्याउन आउँदैछ – र म मेरो कारमा एनिमे हेर्न पर्खन सक्दिन।

Minchyatroll मा आउँदैछ सवारी साधनहरूयो अटोमोटिभ एप डिस्ट्रिब्युसन प्लेटफर्म Appning सँगको नयाँ साझेदारीको अंशको रूपमा आएको हो४० भन्दा बढी कार ब्रान्डहरूले लोकप्रिय एनिमे स्ट्रिमिङ...
HomeLatest newsमेसीको निजी विमानका ६ विशेषता, जसमा चढेर भारत आए – KhabarHost

मेसीको निजी विमानका ६ विशेषता, जसमा चढेर भारत आए – KhabarHost


राष्ट्रिय

समाचार.

  • लियोनल मेस्सी १४ वर्षपछि भारत आएका छन् र उनी डिसेम्बर १३ मा निजी विमानबाट कोलकातामा अवतरण गरेका थिए।
  • मेस्सीको भारत भ्रमणलाई ‘गोट इन्डिया टूर २०२५’ नाम दिइएको छ र प्रशंसकहरूले उनलाई नजिकबाट हेर्न लालायित छन्।

अहिले भारतीय मिडियाहरूमा एउटा नाम सवर्त्र चर्चामा छ– लियोनल मेस्सी ।

स्वभाविक पनि हो, किनकि फुटबल दुनियाँकै महानमध्येका एक खेलाडी भारत आइपुगेका छन् । त्यो पनि १४ वर्षपछि । त्यसअघि उनी २०११ मा भेनेजुएलासँग भएको मैत्रीपूर्ण फुटबल खेल्न मेस्सी भारत आएका थिए । उक्त खेल कोकलतामा २ सेप्टेम्बरमा भएको थियो ।

तर यस पटकको भारत आगमन पहिलेको भन्दा बिल्कुलै फरक छ ।

मेस्सी डिसेम्बर १३ मा निजी बिमानबाट भारत आइपुगे । अमेरिकाको मायामीबाट उडान भरेका उनी दुबई ट्रान्जिट हुँदै डिसेम्बर १३ को राति साढे १ बजेतिर कोलकातामा अवतरण गरेका थिए ।

उनी आइपुग्नुअघि नै विमानस्थलबाहिर समर्थकको भीड लागेको थियो । उनलाई हेर्न पाइने अभिलाषामा त्यति राति जाडोको पर्वाह नगरी सयौं प्रशंसकहरू कुरिरहेका थिए । तीन दिनको भारत भ्रमणमा आएका उनी आज दोस्रो दिनको यात्रामा छन् ।

मेस्सीको भारत भ्रमणलाई ‘गोट इन्डिया टूर २०२५’ नाम दिइएको छ । गोट भनेको ‘ग्रेटेस्ट अफ अल टाइम’ हो । प्राय: प्रंशसकहरूले मेस्सीलाई यही उपनामले बोलाउँदै आइरहेका छन् । तर, शताब्दीकै महान् खेलाडी भारतमा आउनु निकै चासोको विषय बनेको छ । भारतमा उनलाई नजिकबाट एक झलक देख्न प्रशंसकहरू निकै लालायित छन् । उनलाई हेर्न नपाएको भन्दै शनिबार प्रशंसकहरूले स्टेडियम तोडफोड नै गरे ।

फुटबलका जादु कसरी आए ? कहाँ बसिरहेका छन् ? उनले यहाँ के-के गर्छन् ? यसबारे पनि उनका समर्थकमाझ जिज्ञासा र चर्चा छ । यससँगै उनी आएको विमानको बारेमा पनि चर्चा भइरहेको छ ।

कस्तो छ मेसीको निजी विमान ?

१.मेस्सी गल्फस्ट्रीम भी नामक निजी विमान आएका थिए । गल्फस्ट्रीम भी एक विलासी र उच्च गतिमा उड्ने विमान हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार यसको मूल्य १०० करोड भारुभन्दा बढी हो ।

२.यसमा फुल बडी मसाज हुने खालका आरामदायी सिट छन् । स्रोतका अनुसार मेस्सीले यो जहाज सन् २०१८ मा किनेका थिए ।

३.९४० किलोमिटर प्रतिघण्टाको गतिमा उडान भर्न सक्ने यो विमान ५१ हजार फिटसम्मको उचाइमा उड्न सक्छ ।

४.रोल्स रोयस-बीआर ७१० मोडेलको डबल इन्जिनवाला यो विमानको लम्बाइ ९६.४२ फिट र उचाइ २५.८३ फिट छ । यो विमानमा करिब १५ देखि १९ जनासम्मले यात्रा गर्न सक्छन् ।

५.यो विमान संसारका शक्तिशाली शासकहरू अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनको अफिसियल विमानभन्दा पनि छिटो उड्न सक्छ ।

६.यो विमानको अर्को विशेषता भनेको एकै पटक लामो दूरीसम्म उड्न सक्ने क्षमता हो । यो एक पटकमा १२ हजार किलोमिटरको दूरीमा लागतार उड्न सक्छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More